विपेन उलङगे
अप्रिल-८,मलेशिया। वर्तमान सरकारका उर्जामन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा “प्रभाकर” अाज मलेसिया अाई पुगेका छन । हिमालय एरलाईन्सकाे नियमित उडानबाट दिउसाे ३:३० मा मन्त्री शर्मा मलेसिया अाेर्लेका छन ।
उर्जामन्त्री जनार्दन लाई मलेसिया स्थित नेपाली राजदुत निरञ्जनमान सिंह बस्नेत, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, एनअारएन मलेसियाका अध्यक्ष विश्व राई, संघ संस्थाका प्रतिनिधि , ब्यबसायि, पत्रकार श्रमिकहरुले विमान स्थलमा स्वागत गरेका छन ।
माअाेवादि केन्द्र पार्टी सम्बद्ध अन्तरास्ट्रिय बिभाग नेपाली जनप्रगतिल मन्चको ७ औ महाधिवेशन उद्घाटन गर्न र सम-समायिक बिषयमा मलेसियाका नेपाली संग छलफल गर्ने उदेश्यले मलेसिया अाएकाे बताएकाे छ । साेहि अनुसार अाज अप्रील -८ मा नेपाली दुतावास मलेसिया र एनअारएन मलेसियाकाे संयुक्त अायाेजनामा नेपालमा बिदेशमा बस्ने नेपालीले कसरी उर्जामा लगानि गर्ने? भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम हुने भएकाे छ । कार्यक्रम क्वालालम्पुर स्थित ग्राण्डकन्टिनेन्टल हाेटेलमा सांझ ७:३० बजे देखि हुदैछ ।
त्यसै गरि मन्त्री शर्माले अप्रिल-९ मा नेकपा माअाेवादि केन्द्र सम्बद्ध नेपाली जनप्रगतिशिल मञ्च मलेसियाकाे ७ अाै माहिधिबेशण कार्यक्रमकाे उदघाटन गर्ने तथा श्रमिक समस्या सुन्ने कार्यक्रम रहेकाे छ ।
मन्त्री शर्माकाे कुटनैतिक भ्रमण हाेकि या पार्टीगत भ्रमण बारे यकिन जानकारी नभएपनि उनलाइ बिदेशमा बसेका नेपालीहरुले नेपालकाे उर्जा संकट न्युनिकरण गरेकाे भन्दै सम्मान ब्यक्त गर्ने गरेका छन । उनि संगै मञ्चकाे अधिबेशन लाई सम्बोधन गर्न विशेष अतिथिका रुपमा पोलिटी ब्युरो सदस्य एबम बिदेस् बिभाग सचिब तथा युवा नेता युबराज चाउलागाइ र अतिथि वाइ.सि.एल सङठन बिभाग प्रमुख राम प्रशाद सापकोटा(दीप सिखा) पनि आउदै छन ।
रोजगारीको सिलसिलामा मलेशिया आइ विभिन्न क्षेत्रमा कार्यरत माओबादी केन्द्रका समर्थक, सुभचिन्तक,कार्यकर्ता हरु लाई प्रसिक्षण दिन र नया नेतृत्व चयन गर्ने उदेस्यले मन्चले ७ औ अधिवेशन तय गरेको हो।सङठनको विधि र मापदण्ड अनुसार प्रत्येक २ बर्षमा मन्चको महाधिवेशन गरि नया नेतृत्व चयन गर्ने प्राबधान रहेको मञ्चका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।