पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु - Naya Online

पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु

दमक, २५ चैत ।
झापाकको लखनपुरस्थित आदिवासी रङ्गशालामा शुक्रबारदेखि पूर्वाञ्चलस्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा पूर्वी क्षेत्रीय प्रहरी कार्यालय रानीको टिमले विजयी सुरुवात गरेको छ । प्रहरी टिमले झापाको बलियो दाबेदार सैनिक फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै अघिल्लो स्पर्धाका लागि स्थान पक्का गरेको हो ।
दोस्रो हाफको २ मिनेट नबित्दै सैनिकका तर्फबाट कप्तान विकेश सुब्बा (जर्सी नम्बर १०) ले प्रतियोगिताकै पहिलो गोल गरेका थिए ।
तर, सैनिकको कमजोर रक्षात्मक पंक्तिलाई झुक्याउँदै प्रहरीका खेलाडी सुशील यादव (जर्सी नम्बर १४) ले क्रमशः ५८ र ६० मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता आगामी बैशाख २ गतेसम्म चल्नेछ । फाइनल विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले नगद ५० हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
आदिवासी रंगशालामा जारी प्रतियोगिताको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद भीष्मराज आङ्देम्बेले गर्नुभएको थियो । कार्यक्रममा सांसद महेन्द्रकुमारी सुब्बा र समाजसेवी पूर्णानन्द शर्माले बोल्नुभएको थियो । प्रतियोगिता अन्तर्गत शनिबारको खेल लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गण र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक संस्थाका सचिव विष्णु सुब्बाले जानकारी दिनुभयो । प्रतिष्ठानले आगामी वर्ष राष्ट्रस्तरीय फुटबल प्रतियोगिता गर्ने अध्यक्ष गणेश आङ्देम्बेले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...