इटहरी, २४ चैत ।
संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य पदम अधिकारीलाई पितृशोक परेको छ ।
ससफो नेपाल लिम्बुवान प्रदेश समितिका उपाध्यक्षसमेत रहेका अधिकारीका बाबु दाताराम अधिकारीको ८८ वर्षको उमेरमा सुनसरीको महेन्द्रनगर ४ चक्रघटीमा बिहीबार बिहान ३ः१५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
दिवंगत अधिकारीको बिहीबार चतारास्थित सप्तकोशी नदीमा वैद्धिक परम्परा अनुसार अन्त्येष्टी गरिएको बताइएको छ । अधिकारीको निधनमा ससफो नेपाल केन्द्रीय कार्यालयले शोक वक्तत्व्य जारी गरेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।