क्वालालम्पुर । रुपन्देही रुद्रपुर २ घर भई बिगत १९ बर्ष देखि मलेसियामा रुमल्लिई रहनु भएका मान बहादुर बिश्वकर्मा समाजसेवी तथा ब्यवसायीहरुको सहयोगमा नेपाल पुगेको छ ।
नेपालबाट आए पछि निज परिवारसँग सम्पर्क विहिन र एक सुको पैसा समेत पठाएका थिएनन् । अनन्त ३ महिना देखि एक्कासी विरामी भए पछि होस्टलमा बस्दै आएका थिए । उनको एउटा हात पनि नचल्ने र घर जान पनि आर्थिक अभावमा बस्दै आएका निजलाई नेपाली साथीहरुको सहयोगमा नेपाल पठाउँन पहल गरिएको थियो । उनलाई दुतावासले ट्रार्भल डकुमेण्ट बनाई सहयोग गरेको छ भने स्पेशलपासको लागि पनि पत्रचार गरि स्पेशलपास लगाएको थियो । उनलाई नेपाल पठाउँनको लगि निम्न व्यक्तिहरुबाट सहयोग प्रदान गरिएको थियो । जसमा चोलाकान्त पंगेनी आरएम २००, रमेश प्रसाद तिवारी आरएम २००, कुशल भट्टराई आरएम १००, नेत्र केसी आरएम १००, विपिन राई आरएम ५०, महेश राई आरएम ५०, पासाङ लामा आरएम ५०, सन्तोस ईजम आरएम ५०, सुन्दर आले आरएम ५०, मिलन सुब्बा आरएम ५०, भवानी शंकर तिवारी आरएम ५०, काले गुरुङ आरएम ५१, बल बहादुर श्रेष्ठ आरएम ५०, लोजिना रेष्टुरेण्ट आरएम ५०, दिपक अधिकारी आरएम ५०, तिलकचन्द ठकुरी आरएम २०, प्रकाश गिरी आरएम २०, प्रकाश खड्का आरएम १०, बसन्त भट्टराई आरएम १०, नविन तामाङ आरएम १०, देवेन्द्र घर्ति मगर आरएम १०, राम ब. तामाङ आरएम १०, बिबि श्रेष्ठ आरएम १०, दिपक वोगटी आरएम २०, माईकल लामा आरएम ३०, हाकिम श्रेष्ठ आरएम १० जम्मा आरएम १३२१ रकम संकलन गरी निजलाई स्पेशल पास र हिमालय एअरलाईन्सको टिकट गरी आरएम ११२० खर्च गरिएको छ भने बाकी रकम आरएम २०१ निजको श्रीमतिको नाममा पठाउँने भएको छ । मानबहादुरलाई नेपाल फर्काउन उनलाई चिन्ने साथीहरुले सहयोग गरिरहेका छन् । उनकै गाउँका बाबुराम चौधरी र बाग्लुङ खुगाका कर्णबहादुर बुढाथोकी, एनआरएनए मलेसियाका महासचिव सुन्दर आले र पिएनसिसिका मलेसिया संयोजक राम चन्द नेपाल, वुद्धिजिवी तथा व्यवसायीहरुको पहलमा नेपाल पठाएको हो । पीडितको एउटा हात पनि प्यारालाईस भएको छ । सम्पर्क विहिन भएका मान विश्वकर्मा नेपाल आउँने भए पछि परिवारमा एकदमै खुशीयाली छाएको थियो । ३,४ महिना देखि विमारी भएका निज औषधीको साहारामा हिड्न विस्तारै सक्थें । उनलाई खाना देखि औषधी सबै कुरामा हेरचार गर्नु परेको थियो । अहिले निज पीडितको आँखा खुलेको छ । अहिले १९ वर्ष सम्म पनि किन एक सुका पैसा र किन घर परिवारलाई सम्झिएन निक्कै रहस्यमय नै वनेको थियो । आफ्नो घर परिवार, श्रीमति, छोरा, छोरी, आमा बाबालाई भुल्दा पछि यस्तो अवस्थामा आउँदा कस्को मन रुदैन र तर लहलहैमा या आफै जानीजानी पनि उस्ले गल्ति गरेको हुन सक्छ । अहिले अनन्त घर न घाटको हुदाँ साथी भाई परिवार सम्झदै आँशुका धारा वगाउँछन् । मान्छेको जीन्दगी नै हो कसैको केही भर हुदैन । मलेसियामा वर्षो देखि घरपरिवार सँग सम्पर्क विहिन भएर बसेका घेरै नै नेपालीहरु हुन सक्छ । पीडीत जब श्रण गरेर मलेसिया आए भएको घरवार वेचेर सबै साहुलाई तिरेका थिए निजका श्रीमतिले । अहिले पीडितका परिवार आफन्तकोमा बस्दै आएका छन् । अव निज पीडित विश्वकर्मा नेपालमा राम्रो उपचार पाए, हात पनि चल्न सक्छ नेपालमै केही गरेर श्रीमति र परिवार सँग खुशीका साथ नयाँ जिन्दगी बाच्ने छन् । १९ वर्ष देखि हराएको व्यक्तिलाई परिवारसँग पुर्नर मिलन गराँउँन र मलेसियमा नै मर्नबाट बचाउँन उनलाई नेपाल पठाउँन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्दे म जस्तै अरु नेपाली यसरी परिवार भुलेर नबस्नु भन्दै उनी नेपाल फर्किएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।