निर्वाचन बहिस्कार गर्ने मुडमा संघीय गठबन्धन - Naya Online

निर्वाचन बहिस्कार गर्ने मुडमा संघीय गठबन्धन

दमक, १९ चैत ।

आन्दोलनरत संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने संकेत गरेको छ ।
ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने जस्तो निर्वाचनका लागि राजनीतिक वातावरण सहज नभएको गठबन्धनका नेताहरुले शनिबार दमकमा आयोजित विरोधसभामा बताएका हुन् । गठबन्धनले आयोजना गरेको विरोधसभामा बोल्दै राष्ट्रिय मधेस समाजवादी पार्टीको अध्यक्ष शरदसिंह भण्डारीले भन्नुभयो – ‘मिडियामा प्रचार गरिए जस्तो राजनीतिक तहमा कुनै सहमति भएको छैन । हाम्रा पूर्ववत अडान कायमै छन् ।’
गठबन्धनमा आबद्ध दलहरु निर्वाचनको विरोधी नभए पनि संविधानमा भएका गलत प्रवधानहरु फालेर पुनर्लेखन वा उपयुक्त संशोधन नगरिएसम्म आफूहरु कुनै पनि निर्वाचनमा नजाने भण्डारीले जिकिर गर्नुभयो । सबैको संविधान नबनेसम्म परिस्थिति नफेरिने भन्दै उहाँले सन्दुक, बन्दुक र कलममा उत्पीडित जनताको पहुँच नपुगेसम्म वास्तविक मुक्ति नहुने दावी गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मृत्यु शैयाँमा छटपटाइरहेको संविधान कार्यन्वयन हनु नसक्ने बताउनुभयो । मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्ट्रता कम्जोर पार्ने कित्ताको नेतृत्व गरिरेहको आरोप लगाउँदै यादवले यो अतिवादी सोच भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो –‘पहाड र मधेस दुवैतिर अतिवादीहरुको बिगबिगी छ । उनीहरुबाट मुलुक जोगाउन मुस्किल परिसक्यो ।’ उहाँले संघीय गठबन्धन र लोकतान्त्रिक मधेसी मोर्चाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन माग नगरेको भन्दै मधेसी जनतालाई नेपाल विरोधी देखाउन एमालेले यस्तो प्रपञ्च रचेको दावी गर्नुभयो । नागरिकता बारे पनि एमालेले जनमानसमा भ्रम फैलाएको भन्दै उहाँले आफूहरु अंगिकृत नागरिकता पाएकाले राष्ट्रको महत्वपूर्ण पदमा पुग्नुपर्दछ भन्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
गठबन्धन सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले स्थानीय तहको निर्वाचन गर्ने नाउँमा मधेसबाहेक चुनाव गर्ने सोचे मुलुकका लागि गम्भीर परिस्थिति सिर्जना हुने चेतावनी दिनुभयो । लिङ्देनले भन्नुभयो –‘कुनै पनि बहानामा मधेसलाई एक पटक मात्रै कुनै पनि निर्वाचनबाट बाहिर राखेर अघि जाने हो भने नेपाल सरकारले गर्ने कुनै पनि निर्वाचन मधेसमा नहुने स्थिति बन्छ, त्यसैले सत्ताधारी दलहरुले संवेदनशील बन्न जरुरी छ ।’
संघीयता र पहिचानले देशलाई बिखण्डनको खतराबाट मुक्त गर्ने दावी गर्दै उहाँले मुलुकमा उत्पीडिन र अस्थिरता कायम राखिरहन चाहनेहरुले संविधान संशोधनलाई अपव्याख्या गरेको आरोप लगाउनुभयो । हाल तोकिएको स्थानीय तहको निर्वाचन रोकेर संविधान संशोधनसहित संघ, प्रदेश र त्यसपछि स्थानीय तह निर्वाचनमा लाग्न सत्तापक्षलाई लिङ्देनको सुझाव थियो ।
संघीय समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङले उत्पीडित जनताका विरुद्धको मोर्चालाई यतिबेला एमालेले नेतृत्व गरिरहेको बताउनुभयो । चेम्जोङले भन्नुभयो –‘तर हामी एमाले वा कसैको विरोधमा छैनौं । आफ्ना अधिकारका लागि लडिरहेका छौं ।’ उहाँले हाल ल्याइएको सात प्रदेशले सत्तामा पडक बनाइसकेका समुदायको मात्रै हित गर्ने भन्दै कम्तिमा १० प्रदेश र (शिल्पी) दलित समुदायका लागि गैरभौगोलिक संघीयता आवश्यक रहेको दावी गर्नुभयो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गतको संघीय लिम्बुवान मञ्चले व्यवस्थापन गरेको कार्यक्रममा मञ्चकी केन्द्रीय सचिव विष्णु भट्टराईको अध्यक्षता रहेको थियो भने संघीय समाजवादी फोरमका लिम्बुवान प्रदेश मुख्य सचिव लोकसागर साम्बाको सञ्चालन रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...