‘सुदुर गाउँमा’ कविता संग्रह बिमोचन - Naya Online

‘सुदुर गाउँमा’ कविता संग्रह बिमोचन

दमक, १९ चैत ।

साहित्यकार राजकुमार सुब्बा अनिश्चितको कविता कृति ‘सुदुर गाउँमा’ लोकापर्ण गरिएको छ ।
शनिबार दमकमा रुबाई मञ्च नेपालले औपचारिक कार्यक्रम गर्दै सुब्बाको कविता कृति सार्वजनिक गरेको हो । लोकार्पण कार्यक्रममा साहित्यकार मिश्र बैजयन्ती, मुनाराज शेर्मा र जितेन मुस्कानले कृतिमाथि टिप्पणी गरेका थिए ।बैजयन्तीले कवि सुब्बाको कवितामा पहिचानका कुरा समेटिएको बताइन् । उनले ‘अनिश्चित’ ले आफ्नै जीवनशैलीलाई कविताका रूपमा उत्कृष्ट ढङ्गले पस्के पनि केही सीमा र कमजोरी रहेको टिप्पणी गरेकी छन् । त्यसैगरी, शेर्माले सुब्बाको कविता संग्रह सशक्त रहेको बताउँदै पछिल्लो समय राजधानी बाहिर दमकमा पनि राम्रो कलम चलाउन सक्ने साहित्यकारहरुको जन्म भइरहेको उनले बताए । त्यस्तै, मुस्कानले कवि सुब्बाका कविताले किराती मुन्धुमलाई समेत चुनौति दिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि कवि देवान किरातीले पछिल्लो समय मोफसलमा ‍साहित्यिक गतिविधि बढ्नु सुखद रहेको बताए । कार्यक्रममा साहित्यकारहरु प्रकाश बुढाथोकी, अभागी थेगुवा र सामाजिक व्यक्तित्व बालचन्द्र सुब्बाले शुभकामना राखेका थिए भने कार्यक्रमको सञ्चालन विवश बलिभद्र कोइरालाले गरेका थिए । कार्यक्रम रुबाइ मञ्च नेपालका अध्यक्ष कमन देवानको सभापतित्वमा सम्पन्न भएको थियो ।
साहित्यकार सुब्बा दमकमा बसेर निरन्तर साहित्य क्षेत्रमा क्रियाशील छन् । उनले यसअघि ‘जिन्दगी छ’ नामक गजल संग्रह प्रकाशन गरिसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...