राजकुमार याक्खा,
चैत्र-१५, संखुवासभा।
संघिय समाजवादी फोरम जिल्ला तदर्थ समिति सदस्य उर्मिला राईको संयजकत्वमा १४ सदस्यीय संघिय समाजवादी फोरम संखुवासभा महिला समितिको गठन भएको छ। विमला राई सह-संयोजक रहेको समितिमा तेजकुमारी तामाङ सदस्य सचिव, मन कुमारी राई सहसचिव, र सदस्यहरू मनमाया समाल राई, वाल कुमारी राई, तविला राई, जलिसा जिमी, सरिता याक्खा, धन कुमारी राई, मिना कुमारी राई, डम्बर कुमारी देवान, शान्ता राई, राम कुमारी राई रहेका छन।
संघिय समाजवादी फोरम नेपालको पार्टी कार्यलयमा खाँदबारीमा सम्पन्न भएको भेलामा प्रमुख अतिथिका रुपमा आउनु भएको जिल्ला इनचार्ज तथा केन्द्रीय सदस्य दिपक कुमार याक्खाले पहिचान बिरोधी पक्षधरहरुको नेतृत्व नेकपा एमालेले गरिरहेको, यसको साक्षी नेपाली काङ्ग्रेस भइरहेको, माओवादी केन्द्र डुलमुले राजनिति मा लागेको र राप्रपा उनिहरूको बैसाखी बनिरहेको वर्तमान अवस्थामा संघिय समाजवादी फोरम नेपाल पाटीले पहिचान पक्षधर हरुको नेतृत्व गरिरहेको हुनाले पहिचान वादि एक जुट हुनु पर्नेमा जोड दिनु भयो। स स फो को नेतृत्वमा छिट्टै परिमार्जन सहितको संविधान संसोधन हुने कुरा पनि थप्नि भयो।
सोहि दिन संघिय प्रेस फोरम संखुवासभामा अध्यक्ष असोक गुरुङ को अध्यक्षतामा संघिय प्रेस फोरम जिल्ला कमिटिको पहिलो बैठक पनि सम्पन्न भएको छ। नव गठित पधाधिकारीहरुलाई बधाई तथा सुभकामना दिदै कवान सेन राईले भेलाको समापन गरेका थिए।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।