सगूनमा लगानी गर्ने देशहरुमा द.कोरिया दोश्रो - Naya Online

सगूनमा लगानी गर्ने देशहरुमा द.कोरिया दोश्रो

अमेरिकामा नेपालीहरुले स्थापना गरि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगूनले जारि गरेको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुका लागि आफ्नो स्वामित्व शेयर गत फेब्रुअरी ९, २०१७ देखि विक्री गर्दै आइरहेको छ । हालसम्म विश्वका विभिन्न देशहरुबाट २२०० भन्दा बढी व्यक्तिहरुले २.१ मिलियन अमेरिकी डलर भन्दा बढि रकम लगानी गरिसकेका छन् । यसरी लगानी गर्ने देशहरुमा लगानीकर्ताको संख्याको आधारमा करिब ४० हजार नेपालीहरु रहेको मानिएको दक्षिण कोरिया दोश्रो स्थानमा रहेको जसमा सबै भन्दा बढी लगानी अमेरिकाबाट नै भएको छ भने तेश्रो स्थानमा अष्ट्रेलिया रहेको कुरा सगूनका संस्थापक गोविन्द गिरीले बताए ।

सगूनले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन (एस्इसी) बाट स्विकृती प्राप्त गरि आफ्नो स्वामित्व शेयर विक्री गर्न थालेको हो । स्टार्ट अप कम्पनीमा लगानी गर्ने यो अवसर पहिलो चरणमा नेपाली समुदायमा उपलब्ध गराउने गरि सगूनले व्यवस्था मिलाएको जनाएको छ ।

सगूनको आधिकारिक वेभ साइट (www.sagoon.com/invest)  का अनुसार सगूनले हाल गर्दै आइरहेको स्वामित्व शेयर विक्री कार्यक्रम यहि मार्च २७, २०१७ देखि बन्द गर्दैछ । सगूनका लागि एशिया  संयोजक के.पी सिटौलाका अनुसार १०० वर्ष भन्दा बढिको अनुभव रहेको अमेरिकाको Boustead Securities LLCनामको ब्रोकर कम्पनीले सगूनले हाल विक्री गरेर बाँकी रहेका शेयर विक्री गर्ने जिम्मा लिएको छ । सगूनले सर्वसाधारणहरुलाई शेयर विक्री गर्दै आइरहेको थियो भने ब्रोकर कम्पनीले संस्थागतरुपमा विक्री गर्ने कुरा सिटौलाले बताए । उनका अनुसार ब्रोकर कम्पनीले शेयर विक्री गर्न शुरु गरेपछि सर्वसाधारणहरुको निम्ती यो अवसर पुनः प्राप्त हुने सम्भावना अत्यन्तै न्यून रहेको छ ।

हालै मलेशियाको क्वालालम्पुरमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएन)को पाँचौ एशिया क्षेत्रीय सम्मेलनमा समेत सगूनको प्रतिनिधित्व गरि फर्केका सिटौलाका अनुसार विश्वभरी छरिएर रहेका सबै एनआरएनहरु सगूनको अभियानमा सहभागि हुन इच्छुक पाएको बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका अन्य धेरै देशका एनआरएन राष्ट्रिय समन्वय समितिहरुले समेत सगूनको अभियानलाई आफ्ना देशमा रहेका गैर आवासीय नेपालीहरुमा जानकारी गराउने काममा सहयोग गरिरहेका छन् । यस सिलसिलामा द. कोरियाले पनि सबै नेपालीहरुमा यो सन्देश पु¥याउन सहयोग गरिरहेको छ ।

सोसीयल मिडिया लगायतका ठूला कम्पनीहरुले हिजोका दिनमा स्टार्ट अप कम्पनी हुंदाको अवस्थामा जोखिम मोलेर लगानी गर्ने आफ्ना लगानीकर्ताहरुलाई आफू सफल भएपछि ठूलो आर्थिक प्रतिफल दिन सकेका थुप्रै अपत्यारिला तर सत्य कथाहरु पढन पाइएको छ । सगूनले पनि आजका दिनमा थोरै जोखिम लिएर लगानी गर्ने लगानीकर्ताहरुलाई ठूलो आर्थिक प्रतिफल दिने दिशामा काम गरिरहेको छ ।

सगून सामाजिक सञ्जालकोरुपमा चिनिएको भएता पनि यसमा अन्य थप विशेषताहरु रहने कुरा सिटौलाले बताए । ‘सगून सामाजिक सञ्जाल हो तर यसमा सोसीयल इकमर्शको पनि सुविधा उपलब्ध हुनेछ । सगूनको मुख्य प्रोडक्टकोरुपमा सोसीयल स्मार्ट कार्ड आउदैछ । यसैको माध्यमबाट सगूनले आम्दानी गर्नेछ र हरेक प्रयोगकर्तालाई उसको कारणले सगूनलाई हुने आम्दानीको पाँच प्रतिशत सम्वन्धित प्रयोगकर्तालाई नै रिवार्ड गर्ने नयाँ योजना ल्याउँदै छ । साथै अबको दुई तीन महिना भित्र सगूनको एप पनि आउँदैछ ।’ के.पी. सिटौलाले बताए ।

‘सगूनको सफलताले लगानीकर्तालाई आर्थिक सम्बृद्धि प्रदान गर्नुको साथै विश्वमा नेपाल र नेपालीलाई चिनाउने काममा समेत महत्वपूर्ण भूमिका खेल्नेछ । नेपाली जाती भनेको विदेशमा श्रम आपूर्ति गर्ने देशका जाती मात्र होइन विश्वलाई नयाँ विचार दिने, आइटीको क्षेत्रमा विश्वमा आफ्रनो स्थान कायम गराउन पनि सक्षम छन् भनेर चिनाउने अवसर पनि हो सगून । त्यसैले सबै नेपालीहरुले आफ्नो क्षमता र चाहना अनुसार सगूनमा लगानी गर्नुहुन अनुरोध गर्दछु । सगून स्टार्र्टअप कम्पनी भएकोले यसमा लगानी गर्नु जोखिम रहित छ भन्न सकिन्न । त्यसैले हौसियर भन्दा विवक पु¥याएर लगानी गर्नु हुन अनुरोध गर्दछु । आउनुहोस् हातेमालौ गरौँ र सबै संगै विश्व मानचित्रमा आर्थिक र थप सामाजिक परिचयसहित माथि उठौँ’ – के.पी सिटौलाको आह्वान गर्दछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायकको पिपलबोटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत । कुम्मायक गाउँपालिका अन्तर्गत वडा नं. ५ स्याबरुम्बाको...

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने...

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ९७ जनालाई मास्क वितरण

काठमाडौं, २० भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

अब अमेरिकामा नेपालीहरूको टिभी

काठमाडौ, १५  भदौ । अमेरिकामा नेपाली मिडियाकर्मीहरुको पहलमा टिभी सन्डेको उद्घाटन भएको छ ।...

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा ६१ स्वास्थ्य चौकीलाई सहयोग

२७ साउन, ललितपूर । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले ताप्लेजुङका सबै गाउपालिका र नगरपालिकाका स्वास्थ्य...

२८ ठाउँमा डिप बोरिङको काम सुरु

  २७ साउन, ललितपूर । भरतपुर महानगरको पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नं. ३ भित्रका...

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री...