पत्रकार महासंघ झापाको ३ वर्षे कार्य योजना - Naya Online

पत्रकार महासंघ झापाको ३ वर्षे कार्य योजना

झापा, १३ चैत ।
नेपाल पत्रकार महासंघ झापा शाखाले आइतबार ३ वर्षे कार्य योजना  पारित गरेको छ ।
विर्तामोडमा सम्पन्न बैठकले अध्यक्ष तारामणि सापकोटाबाट प्रस्तुत कार्य योजना छलफल र परिमार्जनसहित पारित गरेको शाखाका सह–सचिव केशव भट्टराईले जानकारी दिनुभयो । पत्रकार महासंघले सञ्चारकर्मीको दक्षता अभिबृद्धिका लागि गुणस्तरीय तालिम सञ्चालन गर्नुका साथै अतिथि आवास गृह र सुबिधा सम्पन्न सभाकक्ष निर्माण गर्ने तयारी गरेको छ । कार्ययोजना कार्यान्वयनका लागि अध्यक्ष सापकोटाकै संयोजकत्वमा भवन निर्माण समिति निर्माण, उपाध्यक्ष एकराज गिरीको संयोजकत्वमा पत्रकार सहारा उपचार कोष गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्ष भीमा शिवाकोटीको संयोजकत्वमा पुस्तकालय समिति निर्माण भएको छ । सह–सचिव ईन्द्रजित मुखियाको संयोजकत्वमा खेलकुद समिति गठन भएको छ । बैठकले आगामी चैत १६ गते विर्तामोडमा कार्यक्रम आयोजना गरि एस.एल.शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार र पार्वतीदेवी पत्रकारिता प्रोत्साहन पुरस्कार वितरण गर्ने तयारी पनि गरेको छ । पत्रकार महासंघ झापा शाखाले पत्रकार सहारा उपचार कोष र पत्रकारिता पुरस्कार अक्षयकोषको रकम बृद्धिका लागि विशेष योजना तयार गरेको छ ।
बैठकले लामो समयदेखि अस्वस्थ अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारार्थ सहयोग रकम प्रदान गर्ने निर्णय पनि गरेको छ । यस्तै अग्रज कानुन व्यावसायी नरेश बर्माको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिजनमा समवेदना व्यक्त गरेको छ ।
त्यसैगरि सवारी दुर्घटनामा परि घाईते भएका शाखाका पूर्व कोषध्यक्ष कृष्ण मिश्र र शाखा सचिव सन्तोष आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समितिका सदस्य अनिलदेव राईले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...