उर्लाबारी, १३ चैत ।
उर्लाबारी गजल मञ्चको गजलमाला पुरस्कार २०७३ बाट नुवाकोटकी गजलकार एलिसा एकलाश पुरस्कृत हुनुभएको छ ।शनिबार उर्लाबारीको बौद्ध गुम्बामा आयोजित एक समारोहका बीच नवोदित गजलकार एकलाशलाई साहित्यकार एवम् कार्टुनिष्ट मनि राई गोठालेले पुरस्कार प्रदान गर्नुभएको हो ।
मञ्चका अध्यक्ष निर्मल विकलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उर्लाबारी क्षेत्रका स्रष्टा र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । मञ्चका सचिव वासु सायरको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि गोठेलेसहित अतिथिहरुले बोलेका थिए ।
यसअघि संस्थाका तर्फबाट विभिन्न सात जना स्रष्टाहरुलाई पुरस्कृत गरिसकिएको उर्लाबारी गजल मञ्चकी पूर्वअध्यक्ष सावित्रा याक्खाले जानकारी दिनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।