दमक, १२ चैत ।
छालाको क्यान्सर लागेर उपचार गराई रहेका दमक १० का एक किशोरको उपचारका लागि महिला समूहरुले एक लाख बढी आर्थिक सहयोग गरेका छन् ।
काठमाडौंको अल्का अस्पतालमा उपचाररत दमक १० का १७ वर्षीय किशोर निश्चल भण्डारीको उपचारका लागि सोही वडाका महिलाहरुले एक लाख ७० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका भण्डारीलाई छालाको क्यान्सर भएको प्रमाणित भएपछि अहिले उनी काडमाडौंमा उपचार गराई रहेका छन् । उपचारका लागि आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएपछि उक्त रकम दमक १० का महिलाहरुले संकलन गरेर शनिबार निश्चलकी आमा मेनुकालाई हस्तान्तरण गरिएको स्थानीय चाँदनी टोल विकास संस्थाकी अध्यक्ष सकुन्तला कार्कीले बताउनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।