शान्तिका लागि कचहरी नाटक - Naya Online

शान्तिका लागि कचहरी नाटक

झापा, १२ चैत ।
समाजमा शान्ति स्थापना गर्न जनचेतना जगाउने उद्देश्यले स्थानीय शान्ति समिति झापाले जिल्लाको विभिन्न स्थानमा सडक नाटक मञ्चन गरेको छ ।
परिवर्तन थिएटर काँकडभिट्टाको सहकार्यमा शान्ति समितिले जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक ‘नेपाल आमा’ मञ्चन गरेको हो । समितिले शनिबार दमक, गौरादह र शुरुङ्गामा सडक नाटक मञ्चन गरेको शान्ति समिति झापाको अध्यक्ष जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
द्वन्द्व पीडितहरु अहिले पनि समाजमा स्थापित नभएको भन्दै नाटको माध्यमबाट उनीहरुमा जनचेतना जगाई समाजमा स्थापित गराउन नाटक प्रर्दशन गरिएको उहाँले बताउनुभयो ।
नाटकमा अधिकार खोज्ने नाममा देशमा अशान्ति मच्चि रहेको भन्ने भाव झल्कन खोजेको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । नाटकमा गणेश बस्नेत, कविता नेपाल, बिमला चिमरिया, सुस्मिता पोखरेल, सम्झना सुब्बा, लोमस पौड्याल, लिला विष्टले अभिनय गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीका आधारमा झापामा कुल ५ सय ८६ वटा द्वन्द्व पीडितको उजुरी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा

पनौती / मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले...