शान्तिका लागि कचहरी नाटक - Naya Online

शान्तिका लागि कचहरी नाटक

झापा, १२ चैत ।
समाजमा शान्ति स्थापना गर्न जनचेतना जगाउने उद्देश्यले स्थानीय शान्ति समिति झापाले जिल्लाको विभिन्न स्थानमा सडक नाटक मञ्चन गरेको छ ।
परिवर्तन थिएटर काँकडभिट्टाको सहकार्यमा शान्ति समितिले जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक ‘नेपाल आमा’ मञ्चन गरेको हो । समितिले शनिबार दमक, गौरादह र शुरुङ्गामा सडक नाटक मञ्चन गरेको शान्ति समिति झापाको अध्यक्ष जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
द्वन्द्व पीडितहरु अहिले पनि समाजमा स्थापित नभएको भन्दै नाटको माध्यमबाट उनीहरुमा जनचेतना जगाई समाजमा स्थापित गराउन नाटक प्रर्दशन गरिएको उहाँले बताउनुभयो ।
नाटकमा अधिकार खोज्ने नाममा देशमा अशान्ति मच्चि रहेको भन्ने भाव झल्कन खोजेको थिएटरकी अध्यक्ष कविता नेपालले बताउनुभयो । नाटकमा गणेश बस्नेत, कविता नेपाल, बिमला चिमरिया, सुस्मिता पोखरेल, सम्झना सुब्बा, लोमस पौड्याल, लिला विष्टले अभिनय गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका उजुरीका आधारमा झापामा कुल ५ सय ८६ वटा द्वन्द्व पीडितको उजुरी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...