लिवि मञ्चको स्थापना दिवसमा अन्तरक्रिया - Naya Online

लिवि मञ्चको स्थापना दिवसमा अन्तरक्रिया

मोरङ, १२ चैत ।

लिम्बू विद्यार्थी मञ्चको १९औं स्थापना दिवसमा शनिबार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा ‘समाजशास्त्रीय दृष्टिकोणमा लिम्बूहरु’ विषयक  अन्तरक्रिया कार्यक्रम  गरेको छ ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य एवम बुद्धिजिवि कमल तिगेलाले सहजीकरण गर्नुभएको कार्यक्रम लिम्बू विद्यार्थी मञ्च मोरङले आयोजना गरेको हो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका कार्यबाहक अध्यक्ष विवेक योङहाङ, किरात राई विद्यार्थी संघका निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राईलगायतले बोल्नुभएको थियो ।
मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्याम्पस शाखा समिति, उमावि शाखा समिति र अभिभावक गरी ८० जनाको सहभागिता रहेको थियो ।  मञ्च २०५५ साल चैत ६ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्थापना भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...