राष्ट्रपति भण्डारी भारत भ्रमण जाने - Naya Online

राष्ट्रपति भण्डारी भारत भ्रमण जाने

काठमाडौं, ११ चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मुलुक भारत भ्रमणमा जाने पक्का भएको छ ।
राष्ट्रपति भण्डारी बैशाख ४ गते पाँच दिने भारत भ्रमणमा जाने पक्का भएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर फर्केको उकसाताभित्रै राष्ट्रपतिले अर्को छिमेकी मुलुक भारत भ्रमण गर्ने विषयलाई नेपाली राजनीतिमा निक्कै चाखपूर्ण मानिएको छ ।
भण्डारीले बैशाख ५ गते भारतको राजधानी नयाँ दिल्लीमा हुने उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको आधिकारिक भ्रमण तालिका भने सार्वजनिक भइनसकेको बताइएको छ ।
पाँच दिने भ्रमणका क्रममा भण्डारीले वैशाख ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुने तय भएको स्रोतले दावी गरेको छ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु हुनसक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति भण्डारीले गर्ने यो नै पहिलो विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयले जनाएको छ । करिव एक बर्ष अघि नै भारत भ्रमणको तयारी भए पनि भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको थियो । राजनीतिक कारण देखाउदै तत्कालनीन केपी ओली नेतृत्वको सरकारले भ्रमण रद्द गरेको थियो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष निमन्त्रणमा त्यसतर्फ जान लाग्नुभएकी भण्डारीले भ्रमणका क्रममा भारतीय समकक्षी मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्टमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह लगायतसँग भेटवार्ता गर्ने बताइएको छ । उहाँको यो भ्रमण राजकिय हुने परराष्ट्रका अधिकारीहरुले दावी गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...