हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै - Naya Online

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

३० जिल्लाका १ करोड ८ लाख मानिस लाभान्वित हुने
औषधिले असर गर्छ भन्ने कुरा निराधार : अधिकारीहरु

कमन देवान    
नेपालको विभिन्न जिल्लाहरुमा देखिएको हात्तीपाइले रोगको संक्रमण रोक्न विगतका वर्षहरुमा झैं यो वर्ष पनि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने राष्ट्रिय कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रम चैत १७, १८ र १९ गते सम्पन्न हुँदैछ ।
हात्तीपाइले रागको संक्रमण रोक्न दोस्रो चरणमा चैत १७, १८ र १९ गते झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तु जिल्लामा एकै पटक औषधि खुवाउने कार्यक्रम रहेको छ ।
यसअघि चैत ५, ६ र ७ गते पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला जिल्लामा औषधि खुवाउने कार्य सम्पन्न भएको छ ।
नेपालमा यो रोग नियन्त्रणका लागि विभिन्न ६१ जिल्लाहरुमा विभिन्न चरणमा कार्यक्रम भएका छन् । यस वर्ष सञ्चालित हात्तीपाइले रोग विरुद्धको राष्ट्रिय अभियानका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १० हजार चार सय स्वास्थ्यकर्मी र ५४ हजार छ सय ६६ स्वास्थ्य स्वयम्सेवक परिचालन गरिएको महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनुभएको छ ।
गत आर्थिक वर्ष २०७२/०७३को तथ्यांकलाई हेर्दा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालका ३६ जिल्लाका एक करोड ३० लाख जनतालाई औषधि खुवाएको थियो ।
नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि नै सुरु भएको हो । त्यसअघि आर्थिक वर्ष २०७१/०७२ मा एक करोड ६८ लाख मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको थियो ।

हात्तीपाइले रोगको संक्रमण रोक्न राज्यले के गरिरहेको छ ?

नेपालका विभिन्न ६१ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि ख्वाइँदै आइएको छ । लगातार ६ वर्षसम्म औषधि खाएमा यो रोग पूर्ण रूपमा निवारण हुनसक्ने भएकाले यसबाट हुने सङ्क्रमण र अन्य समस्या रोक्न औषधि खानुपर्ने हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीयले जनाएको छ ।
सन् २०२० सम्म नेपालबाट पूर्ण रूपमा हात्तीपाइले रोग निवारण गर्ने उद्देश्यका सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । महाशाखाले सन् २००३ देखि लगातार प्रत्येक वर्ष एकपटक आम औषधि सेवन कार्यक्रम सुरु गर्दैआएको छ ।

झापामा कस्तो छ तयारी ?

झापा जिल्लामा यसवर्ष सात लाख ३३ हजार दुई सय ८५ जनालाई लक्षित गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी अन्तिम चरणमा पुर्याइएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
जिल्ला जनस्वाथ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले दिनुभएको जानकारी अनुसार तीन सय ९२ जना स्वास्थ्यकर्मी परिचालित हुने जानकारी दिनुभएको हो ।
जनस्वास्थ्य झापाले बिहीबार हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने राष्ट्रिय कार्यक्रमलाई सहयोग गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गरेको हो । झापाको विर्तामोड र दमकमा सञ्चारकर्मीहरुसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेर जनस्वास्थ्यले यस पटक जिल्लाका सबै गाउँपालिका र नगरपालिकाहरुमा विशेष अनुगमनसमेत गरिने जानकारी दिएको हो ।
जनस्वास्थ्यको तथ्यांक अनुसार झापाको दमक नगरपालिका क्षेत्रमा औषधि खानेको संख्या ४१ प्रतिशतमात्रै पाइएकाले यस पटक विशेष अभियान नै सञ्चालन गरेर कार्यक्रम प्रभावकारी बनाउने तयारी रहेको जनस्वास्थ्य कार्यालय झापाका अधिकृत देवराज कार्कीले बताउनुभयो ।
झापामा गतवर्ष ७३.५ प्रतिशतलाई औषधि खुवाउन सफल भएको र यस वर्ष कम्तिमा ८० प्रतिशत बढी जनसंख्यालाई औषधि खुवाउने योजना रहेको जिकिर गर्दै कार्कीले सम्बन्धित गाउँ नगरका सरकारी कर्मचारी, स्वास्थ्यकर्मी र सामाजिक अगुवाहरुलाई साथ र सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

कस्ताले मात्रै हात्तीपाइले रोगको औषधि नखाने ?

हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे तथा सिकिस्त बिरामीले खानु हुँदैन । साथै खाली पेटमा यो औषधि सेवन नर्गन पनि चिकित्सकले सल्लाह दिएका छन् । स्वास्थ्य व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम्सेविकाले भने अनुसार खानासँगै वा खानापछि सेवन गर्नुपर्दछ ।
यसका अतिरिक्त ७० वर्ष उमेर भन्दा माथिका वृद्धवृद्धालाई भने स्वास्थ्य जाँच गरेर अनुकूल स्वास्थ्य अवस्था पाइए हात्तीपाइले रोग विरुद्धको औषधि खान दिन मिल्ने चिकित्सकहरुले बताएका छन् ।

हात्तीपाइले रोग कसरी सर्छ ?

रेशा जस्ता किटाणुहरू ध्गअजभचभचष्ब दबलअचयातष्, द्यचगनष्ब mबबिथष्, र द्य। तष्mयचष् को सङ्क्रमण वाट यो रोग लाग्छ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी (लिम्फ नोड)मा हुन्छ । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ।

हात्तीपाइलेको असर

हात्तीपाइले रोग एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीवी करिव छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखा पर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन् । यी एकदेखि दुई वर्षसम्म जीवित रहन्छन् । राति लिम्फ नोडबाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्कृय भएर त्यहीँ जान्छन् ।

रोगको वर्गीकरण

लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तापनि हात्तीपाइले रोग भने नसर्ने रोग हो । यसले मानिसको तुरुन्तै मृत्यु भने हुँदैन । तापनि यस रोगले भेटेपछि उपचार भने नहुने भएकाले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नुपर्ने बनाउछ । मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देखापर्नुभन्दा पहिले नै उपचार हुनु नै उत्तम विकल्प भएकाले औषधि सेवन नै यसको मुख्य उपाय हो ।
लामखुट्टेले राति रोगीलाई टोक्दा रगतसँगै सूक्ष्म फाइलेरिया त्यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको र्याल ग्रन्थीमा जम्मा हुन्छ । विशेषज्ञहरूका अनुसार हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्छ । तर, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को तथ्यपत्र अनुसार दुई वर्षसम्मका बालबालिकामा भने यो रोग प्रायः देखिँदैन । यस्तै, महिलाको दाँजोमा पुरुषलाई रोग हुने सम्भावना बढी हुन्छ । संक्रमणको ४ देखि १६ महिनापछि शरीरमा रोगको लक्षण देखिन्छ । तर, रोगको स्वरूप फरक–फरक हुन सक्छ । सिडिसीका अनुसार फाइलेरिया संक्रमित अनेक व्यक्ति जीवनभर पूर्ण स्वस्थ हुन्छन्, तर तिनले अरूलाई सहजै यो रोग सार्न सक्छन् । विषेशज्ञ का अनुसार केही रोगीमा भने फाइलेरिया परजीवी लिम्फ नोडमै रहिरहन्छन्, रगतमा आउँदैनन् । अन्यमा भने रगतमा राति निस्किने गर्छन्, यसबाट लिम्फ ग्रन्थीमा गाँठो हुनुका साथै त्यो सुन्निन समेत सक्छ ।
हात्तीपाइले भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । इसापूर्व छैटौं शताब्दीका आयुर्वेदका ज्ञाता सुश्रुतको पुस्तकमा समेत यो रोगबारे उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ८१ राष्ट्रका १ अर्ब ३० करोड व्यक्ति हात्तीपाइले रोगको जोखिममा छन । हाल १२ करोड व्यक्ति यो रोगबाट संक्रमित छन् । तीमध्ये करिब ४ करोड व्यक्ति रोगले गर्दा अपाङ्ग र अशक्त छन् ।

रोगको लक्षण

फाइलेरियामा तीव्र वा कामज्वरो आउन सक्छ । यसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ । ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ग्रन्थी ज्वरोको आक्रमणसँगै बढ्दै जान्छ । अण्डकोष सुन्निने (हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन् । रोगीहरूको पिसाब दूधजस्तै हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यस्तो हुने गरेको हो । ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ । डब्लूएचओका अनुसार यस्तो स्थितिमा भने फोक्सो पनि सुन्निन्छ । अनि खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छ ।
दम बढ्नु
नशाहरू सुन्निनु
शरीरमा कम्पन हुनु
रगतमा इयोसिनोफिलिया देखिनु
हातगोडामा नीला धर्साहरू देखिनु
लामो समयसम्म सुख्खा खोकी लाग्नु
महिलाको यौन अङ्ग तथा स्तन सुन्निनु वा दुख्नु
पुरूषहरूमा अण्डकोष बराबरका नसाहरू फुल्नु र अण्डकोष वरिपरि पानी जम्नु
महिला वर्गमा स्तन दुख्नु र सुन्निनु

सावधानी र उपचार

जोसुकैलाई हुनसक्ने हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने । यस क्रियाअन्तर्गत जुकानाशक एल्वेन्डाजोल एउटा र उमेर हेरी डाइथाइल कार्बामाजाइन चक्की एकदेखि तीन वटासम्म वर्षमा एकपटक खानुपर्छ ।
चक्कीले हात्तीपाइलेको उपचारसँगै पेटमा भएका अन्य जुकाको समेत सजिलै उपचार हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन् भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ ।
यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खान सकिन्छ । डब्लूएचओका अनुसार हात्तीपाइलेको औषधि ८३ राष्ट्रका करोडौं मानिसले सेवन गरे पनि हालसम्म कुनै साइड इफेक्ट देखिएको छैन ।
विकिपिडिया, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अन्य एजेन्सीहरुको सहयोगमा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...

इलाका प्रहरी कार्यालय वानाको आवास भवन डीआईजी खापुङ्द्वारा उद्घाटन

संखुवासभा । इलाका प्रहरी कार्यालय वाना संखुवासभाको आवास भवन उद्घाटन भएको छ । भवनको...

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

आगलागीबाट विभिन्न ठाउँमा धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुर बस्ने २८ वर्षीय महेश कुमार यादवको...

समयले डोरिएको छत्रबहादुर दम्पतीको जीवन

देवेन्द्र सुर्केली भक्तपुर जिल्लाको व्यस्त चोक गट्ठाघर । त्यसको २५ मिटर उत्तरदेखि झण्डै १०,१५...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...