महासंघले आयोगको प्रतिवेदन जलाउने - Naya Online

महासंघले आयोगको प्रतिवेदन जलाउने

काठमाडौं, १० चैत ।
नेपाल आदिवासी जनजाति महासंघले सरकारले हालै कार्यान्वयनमा ल्याएको स्थानीय तह अस्वीकार नगर्ने भएको छ ।
स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्दा आदिवासी जनजातिहरूको बाहुल्य क्षेत्र फुटाइएको र विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना किटान नगरिएको भन्दै महासंघले यसविरुद्ध आन्दोलित हुने जनाएको हो । महासंघका महासचिव नित्यानन्द ताजपुरियाले स्थानीय तहको संरचना अमान्य भएको भन्दै चैत १२ गते प्रतिवेदन जलाउने जानकारी दिनुभयो ।
फागुन १९ गतेदेखि विभिन्न विरोधका कार्यक्रमहरूसहित आन्दोलन गरिरहेको महासंघले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा सात सय ४४ संख्याको स्थानीय तहले आदिवासी सघन बस्तीलाई खण्डिकृत गरेर स्थानीय तहमा पनि एकल जातीय वर्चस्व स्थापित गर्ने षड्यन्त्र गरेको अरोप लगाएको हो ।
संविधानको धारा ५६ को उपधारा (४) र (५) मा स्थानीय तहअनुरूप गाउँपालिका र नगरपालिका वा विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गरिने उल्लेख छ । तर, सरकारले गाउँपालिका र नगरपालिका मात्रै निर्धारण गरी कार्यान्वयनमा ल्याएपछि महासंघले संविधानविपरीत कार्य गरिएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गर्ने तयारी समेत गरेको महासचिव ताजपुरियाले जानकारी दिनुभयो ।
महासंघले आन्दोलनअनुरूप आगामी चैत २९ र ३० गते राजधानीमा बृहत् राजनीतिक भेला गर्ने निर्णय पनि गरेको छ ।

सल्लाहकारहरूको मनोनयन

महासंघको मंगलबार सम्पन्न संघीय परिषद् सचिवालयको तेस्रो बैठकले विधानअनुसार ११ सदस्यीय सल्लाहकारमध्ये पाँच जना सल्लाहकार सदस्यहरूको मनोनयन गरेको छ । जसमा सुरेश आलेमगर, बालकृष्ण माबुहाङ, मल्ल के सुन्दर, डा. मुक्तासिंह तामाङ र चन्द्रविक्रम राई रहनुभएको छ ।
बाँकि ६ जना सल्लाहकारहरू महासंघका सम्बन्धित सदस्य संगठनहरूसँग समन्वय गरी अर्काे बैठकमा मनोनयन गर्ने महासचिव ताजपुरियाले स्पष्ट पार्नुभयो ।

विभाग र प्रदेशहरूको इन्चार्ज तोकिए

महासंघ सचिवालयको तेस्रो बैठकले विधानतः विभिन्न विभाग र प्रदेशको जिम्मेवारी तोकेको छ । महासंघ अन्तर्गतका दश वटा विभागहरूको इञ्चार्ज र प्रमुख तोकिएको छ ।
जसअनुसार संगठन विभाग इन्चार्जमा नित्यानन्द ताजपुरिया र प्रमुखमा आङ्पासाङ शेर्पा, सूचना, संघीय मामिला तथा प्रशिक्षण विभाग इन्चार्जमा कृष्णकुमारी शेरचन र प्रमुख गोपाल माझी, भूमि, प्राकृतिक स्रोत साधन तथा जलवायु परिवर्तन विभाग इन्चार्जमा किरण सुनुवार र प्रमुखमा लाक्पा हिसे शेर्पा, प्राज्ञिक, कानून तथा मानवअधिकार विभाग इन्चार्जमा गणेशलाल थकाली र प्रमुख सोनाम याङ्कीलाई तोकिएको छ ।
विदेश विभाग इन्चार्जमा गोबिन्द छन्त्याल र प्रमुख शान्ति धिमाल, राज्य व्यवस्था तथा राजनीतिक दल समन्वय विभाग इन्चार्ज नविन रोकामगर र प्रमुख दानसिंह राउटे, शिक्षा, स्वास्थ्य तथा अनुुशासन विभाग इन्चार्जमा लोकबहादुर दुरा र प्रमुख राजकुमार बोटे, सञ्चार, प्रकाशन तथा जनसम्पर्क विभागको इन्चार्जमा श्यामप्रसाद मण्डल र प्रमुख सुकवीर थामी, सम्बन्धन विभाग इन्चार्जमा सोनाम वालुङ र प्रमुख सुकमति राजवंशीलाई तोकिएको छ ।
त्यसैगरी, इतिहास, भाषा, धर्म, संस्कृति तथा अनुसन्धान विभाग इन्चार्ज प्रमुख नित्यानन्द ताजपुरिया र प्रमुख श्रुती कुमाललाई तोकिएको छ ।
पहिचानमा आधारित प्रदेशहरूको इञ्चार्ज र सहइञ्चार्ज समेत बैठकले जिम्मेवारी तोकेको छ । जसअनुसार लिम्बुवानमा इञ्चार्ज किरण सुनुवार र सह–इञ्चार्ज सुकमति राजवंशी, किरातमा इञ्चार्ज श्यामप्रसाद मण्डल (गन्गाई) र सह–इञ्चार्ज शान्ति धिमाल, ताम्सालिङमा इञ्चार्ज सोनाम वालुङ र सह–इञ्चार्ज गोपाल माझीलाई जिम्मेवारी तोकिएको छ ।
नेवाः प्रदेशमा इञ्चार्ज लोकबहादुर दुरा र सह–इञ्चार्ज सुकवीर थामी, थरुहटमा इञ्चार्ज गोबिन्द छन्त्याल र सह–इञ्चार्ज दानसिंह राउटे, तमुवानमा इञ्चार्ज गणेशलाल थकाली र सह–इञ्चार्ज लाक्पा हिसे शेर्पा, मगरातमा इञ्चार्ज नविन रोकामगर र सह–इञ्चार्ज श्रुती कुमाल र शेर्पा प्रदेशमा इञ्चार्ज कृष्णकुमारी शेरचन र सह–इञ्चार्ज आङपासाङ शेर्पालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी आठवटा प्रदेशहरूबाहेकका भूगोलका लागि इञ्चार्ज नित्यानन्द ताजपुरिया र सह–इञ्चार्जहरू सोनाम लामा मुगाली, राजकुमार बोटेलाई जिम्मेवारी तोकिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...