दमक, १० चैत । झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सातौ वार्षिक उत्सवमा बिहीबार रक्तदान र एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
स्वर्णलक्ष्मीको रक्तदान कार्यक्रममा एक सय ३४ जनाले रक्तदान गरेका सहकारीका अध्यक्ष रवि न्यौपानेले जानकारी दिनुभयो । स्थानीय लाईफ लाईन अस्पताल र नेपाल रेडक्रस उपशाखा दमकले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा स्त्री रोग सम्बन्धि १८ जना, दाँत रोग सम्बन्धि ५९ जना, फिजिसियन ७८ जना, आँखा एक सय एक जनाले स्वास्थ्य परीक्षण गराएका बताइएको छ । त्यस्तै, शिविरमा रगत, पिसाब, खकार सम्बन्धि दुई सय एक जनाले ल्याव परीक्षण गराएका संस्थाका प्रवन्धक कमलप्रसाद घिमिरेले बताउनुभयो ।
सो कार्यक्रमका बीच स्वर्णलक्ष्मीले रेडक्रस सोसाइटी दमक उपशाखालाई ४५ हजार मूल्य बराबरको तीन थान रक्तदानमा उपयोगी हुने कुर्सी उपलब्ध गराएको सहकारीले जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।