थ्रेसहोल्ड नमान्ने बारे मधेसी मोर्चा र साना दल एकतिर - Naya Online

थ्रेसहोल्ड नमान्ने बारे मधेसी मोर्चा र साना दल एकतिर

काठमाडौं, ९ चैत ।

प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसद्मा पेश भएको राजनीतिक दलसम्बन्धी बिधेयकविरुद्ध संघीय लोकतान्त्रिक मधेसी मोर्चा र साना दलहरु एकजुट भएका छन् । व्यवस्थापिका संसद्को बुधबार बसेको बैठकमा मधेसी मोर्चाले थ्रेसहोल्डको विरोध गर्दै संसद् बहिस्कार गरे लगत्तै संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका साना दलहरुले पनि सो विधेयकको विरोधमा संसद् बैठक बहिस्कार गरेका हुन् । साना दलका सांसदहरुले यस विधेयक बारेको कारबाही अघि नबढाउन सभामुख ओनसरी घर्ती मगरलाई आग्रह गरेका छन् ।
बैठकमा साना दलको तर्फबाट बोल्दै मालेका सांसद सीपी मैनालीले चुनावमा थ्रेसहोल्ड राख्ने दुनियामा कहिँ नभएको भन्दै विरोध गर्नुभयो । मैनालीले भन्नुभयो –‘प्रधानमन्त्री र अन्य ठूला दलका नेताहरुले थ्रेसहोल्ड नराख्ने बचन दिए पनि राज्य व्यवस्था समितिबाट उल्टो बिधेयक पारित भएको छ । हामी यसको पक्षमा छैनौं ।’
राष्ट्रिय पार्टीको मान्यता पाउन ३ प्रतिशत मत र एक सिट प्रत्यक्ष जित्नुपर्ने व्यवस्था गरेर भोलि प्रत्यक्ष चुनाव नजित्ने दलले १० प्रतिशत मत ल्याउँदा पनि समानुपातिकबाट सांसद नपाउने अवस्था आएको माले महासचिवसमेत रहनुभएका मैनालीको भनाइ थियो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले यो बिधयेकले दुई वा तीन दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्था रहेको जिकिर गर्नुभयो । संविधानमा नलेखिएको ३ प्रतिशत र एक प्रत्यक्ष सिट जित्नैपर्ने प्रावधान कानुनमा ल्याउन खोजिएको उहाँको भनाइ थियो । संसद्मा प्रतिनिधित्व गर्ने मधेसी मोर्चासहित अन्य १९ दलका सांसदले थ्रेसहोल्डको विरोध गर्ने बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...