थ्रेसहोल्ड नमान्ने बारे मधेसी मोर्चा र साना दल एकतिर - Naya Online

थ्रेसहोल्ड नमान्ने बारे मधेसी मोर्चा र साना दल एकतिर

काठमाडौं, ९ चैत ।

प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसद्मा पेश भएको राजनीतिक दलसम्बन्धी बिधेयकविरुद्ध संघीय लोकतान्त्रिक मधेसी मोर्चा र साना दलहरु एकजुट भएका छन् । व्यवस्थापिका संसद्को बुधबार बसेको बैठकमा मधेसी मोर्चाले थ्रेसहोल्डको विरोध गर्दै संसद् बहिस्कार गरे लगत्तै संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका साना दलहरुले पनि सो विधेयकको विरोधमा संसद् बैठक बहिस्कार गरेका हुन् । साना दलका सांसदहरुले यस विधेयक बारेको कारबाही अघि नबढाउन सभामुख ओनसरी घर्ती मगरलाई आग्रह गरेका छन् ।
बैठकमा साना दलको तर्फबाट बोल्दै मालेका सांसद सीपी मैनालीले चुनावमा थ्रेसहोल्ड राख्ने दुनियामा कहिँ नभएको भन्दै विरोध गर्नुभयो । मैनालीले भन्नुभयो –‘प्रधानमन्त्री र अन्य ठूला दलका नेताहरुले थ्रेसहोल्ड नराख्ने बचन दिए पनि राज्य व्यवस्था समितिबाट उल्टो बिधेयक पारित भएको छ । हामी यसको पक्षमा छैनौं ।’
राष्ट्रिय पार्टीको मान्यता पाउन ३ प्रतिशत मत र एक सिट प्रत्यक्ष जित्नुपर्ने व्यवस्था गरेर भोलि प्रत्यक्ष चुनाव नजित्ने दलले १० प्रतिशत मत ल्याउँदा पनि समानुपातिकबाट सांसद नपाउने अवस्था आएको माले महासचिवसमेत रहनुभएका मैनालीको भनाइ थियो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले यो बिधयेकले दुई वा तीन दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अवस्था रहेको जिकिर गर्नुभयो । संविधानमा नलेखिएको ३ प्रतिशत र एक प्रत्यक्ष सिट जित्नैपर्ने प्रावधान कानुनमा ल्याउन खोजिएको उहाँको भनाइ थियो । संसद्मा प्रतिनिधित्व गर्ने मधेसी मोर्चासहित अन्य १९ दलका सांसदले थ्रेसहोल्डको विरोध गर्ने बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...