वीरगञ्जका चर्चित उद्योगपतिहरुसहित तीन हजार मानिस एकैदिन ससफो नेपालमा प्रवेश - Naya Online

वीरगञ्जका चर्चित उद्योगपतिहरुसहित तीन हजार मानिस एकैदिन ससफो नेपालमा प्रवेश

वीरगञ्ज, ६ चैत ।
संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको ठूलो समूहसहित तीन हजार मानिस आइतबार प्रवेश गरेका छन् । पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश एवम् जनसभाका बीच उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा जनता ससफो नेपालमा प्रवेश गरेका हुन् ।
आयोजित सभामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा ससफो नेपाल प्रवेश गरेका पार्टीका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिनुभयो ।
वीरगञ्जस्थित पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगीसहित तराई मधेस प्रदेशका अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादव, सत्या सिनेमा हलका संचालक एवम् नेपाली काँग्रेसका नेता प्रमोद साह, हिन्दुवादी नेता ज्योतिलाल कलवार, वैशणी सिनेमा हलका संचालक एवम् नेपाली काँग्रेसका नेता जोगिन्दर साह पार्टी प्रवेश गरेको राउतले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका जिल्ला सदस्यहरु नन्दु बैठा र हिमाचल कुशवाहसहित हजारौंको संख्यामा गाउँगाउँबाट आएका आमजनताले बृहत् पार्टी प्रवेश गरेका बताइएको छ । नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीर लगाइदिएर पार्टी प्रवेश गराउनुभएको हो ।
फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद श्रवण अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...