वीरगञ्जका चर्चित उद्योगपतिहरुसहित तीन हजार मानिस एकैदिन ससफो नेपालमा प्रवेश - Naya Online

वीरगञ्जका चर्चित उद्योगपतिहरुसहित तीन हजार मानिस एकैदिन ससफो नेपालमा प्रवेश

वीरगञ्ज, ६ चैत ।
संघीय समाजवादी फोरम नेपालमा चर्चित उद्योगी व्यापारीहरुको ठूलो समूहसहित तीन हजार मानिस आइतबार प्रवेश गरेका छन् । पर्साको पोखरियामा आयोजित पार्टी प्रवेश एवम् जनसभाका बीच उद्योेगी व्यापारीसँगै विभिन्न पार्टी परित्याग गरी करिब तीन हजारको संख्यामा जनता ससफो नेपालमा प्रवेश गरेका हुन् ।
आयोजित सभामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा ससफो नेपाल प्रवेश गरेका पार्टीका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिनुभयो ।
वीरगञ्जस्थित पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार र चर्चित उद्योगपति विजय सरावगीसहित तराई मधेस प्रदेशका अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादव, सत्या सिनेमा हलका संचालक एवम् नेपाली काँग्रेसका नेता प्रमोद साह, हिन्दुवादी नेता ज्योतिलाल कलवार, वैशणी सिनेमा हलका संचालक एवम् नेपाली काँग्रेसका नेता जोगिन्दर साह पार्टी प्रवेश गरेको राउतले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका जिल्ला सदस्यहरु नन्दु बैठा र हिमाचल कुशवाहसहित हजारौंको संख्यामा गाउँगाउँबाट आएका आमजनताले बृहत् पार्टी प्रवेश गरेका बताइएको छ । नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीर लगाइदिएर पार्टी प्रवेश गराउनुभएको हो ।
फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद श्रवण अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...