क्यान्सर पीडितको सहयोगार्थ “तारेभीर” को च्यारिटी शो - Naya Online

क्यान्सर पीडितको सहयोगार्थ “तारेभीर” को च्यारिटी शो

सुसन राई
दमक, ५ चैत ।
जेष्ठ १९ गते नेपाल भर रिलिजको समय पर्खेर बसिरहेकोे चलचित्र तारेभीर दमकमा क्यान्सर पीडितका लागि सहयोगार्थ च्यारिटी शो गरिएको छ ।
मध्यम वर्गीय परिवारका दुई युवतीले गरेको संघर्षमा आधारित रहेर बनेको चलचित्र तारेभीरमा अनेक प्रयत्नका साथ प्रहरीमा भर्ती भएर अपराधीहरूसित गर्ने संघर्ष नै फिल्मको मूल कथावस्तु हो ।निर्देशक प्रेम सुब्बाले समाजमा दादागिरी गर्ने खराब प्रवृत्तिविरुद्ध प्रहरी संगठनको नारी पात्रलाई लिएर चलचित्रमा उतारिएको बताउनुभयो । यस चलचित्रमार्फत नै डेब्यु गरेकी नायिका रेखा फागोले चलचित्रमा आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाएकी छिन् ।
प्रहरी निरीक्षकको भूमिकामा देखिएकी विष्णु चेम्जोङको पनि प्रशंसा लायक अभिनय रहेको छ । डीएसपीको भूमिकामा निर्देशक सुब्बा आफंै छन् । शनिबार दमकको पाथिभरा चलचित्र हलमा तारेभीर प्रदर्शनपछि पत्रकारसँग कुरा गर्दै निर्देशक सुब्बाले भन्नुभयो –‘यो नारीप्रधान चलचित्र हो । यहाँ पारिवारिक, प्रेमालाप, राष्ट्रभक्त र एक्सन सबैको विषय समावेश छन् ।’
‘नुमाफुङ’, ‘बलिदान’ जस्ता निक्कै वटा सफल चलचित्रहरुमा अभिनय गरेका सुब्बालाई धेरैले अलग धारको पक्षपाती ठान्छन् । तर उहाँले ‘तारेभीर’ लाई फर्मुला फिल्मकै ढाँचामा बनाएको जिकिर गर्नुभयो ।

पाथिभरा चलचित्र हलका प्रबन्धक तथा पूर्वाञ्चल वितरक चैतन्य बरालले धेरैजसो फिल्महरु प्रेम कथामा आधारित हुने गरे पनि यो फिल्म राष्ट्रप्रेम र प्रेरणादायी बनेका कारण च्यारिटी शो गर्न आफू मञ्जुर भएको दावी गर्नुभयो । फिल्म हेर्न दर्शकले उत्साह जनाएको भन्दै बरालले आभार प्रकट गर्नुभयो ।
चलचित्रमा नवीन कार्की, रमेश सिंह, देउकृष्ण देवान, दिपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रमेश अधिकारी लगायतको अभिनय छ । देउकृष्ण देवानले निर्माण गरेको चलचित्रमा प्रकाश गुरुङ, सनुप पौडेल र बब्रिम शेर्माको संगीत रहेको छ । चलचित्रमा रिना गुरुङ्ग, ब्रबिन शेर्मा र नायिका विष्णु चेम्जोङ्गको स्वर रहेको छ भने जनक गुरुङको द्वन्द्व निर्देशन रहेको छ ।
नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा निर्माण गरिएको चलचित्र तारेभीर शनिबार पाथिभरा चलचित्र हल दमकमा प्रस्तुत शोको दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले व्यानर अनावरण गरि उद्घाटन गर्नुभएको थियो ।
क्यान्सर पीडितहरु सेसेहाङ शेर्मा (वर्ष ६, धरमपुर, झापा), कुमारी लावती खजुम (वर्ष ४२, पाँचथर, फाक्तेप–३), सुन्दर नेम्बाङ (वर्ष ४०, इम्बुङ–पाँचथर) को उपचारको सहयोगार्थ च्यारिटी शो गरिएको र लगतै इलामको सिटी हलमा पनि चैत्र १९ गते च्यारिटी शो गरिने आयोजक समितिका संयोजक विक्रम फागो वानेमले बताउनु भयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...