पूर्वछापामार ताराले भावुक हुँदै भनिन् –कसैसँग गुनासो छैन - Naya Online

पूर्वछापामार ताराले भावुक हुँदै भनिन् –कसैसँग गुनासो छैन

कमन देवान
साथीहरुको संगतले १४ वर्षको किशोरी अवस्थामै माओवादी सशस्त्र संघर्षमा होमिएकी पूर्व लडाकु तारा राईलाई सुन्ने अवसर शनिबार झापाको दमकमा जुर्यो ।
इलाम आठघरेकी तारा पनि त्यस ताका अन्य धेरै लडाकुहरुमध्येकी एक सशस्त्र छापामार बनेकी थिइन् । महान जनयुद्ध लड्न लामबद्ध लाल सेनाका पंक्तिमा २०६१ माघमा मिसिएकी थिइन् उनी, सामन्ती सत्तालाई बदलेर क्रान्तिको विजयी झण्डा फहराउन । तर, माओवादीको पूर्णकालीन लडाकु बनेकै तीन महिना अर्थात २०६२ बैशाखमा उनी इलामको सोयाङबाट पक्राउ परिन् । कच्चा उमेरको रोगी ज्यान तत्कालीन शाही सेनाको घेराबन्दीमा पर्यो, त्यतिबेला जतिबेला मुटुको बाथ रोगबाट ग्रस्त भएर उनी सर्वसाधरणको घरमा आश्रय लिएर आराम गरिरहेकी थिइन् ।
ताराले आफ्नो डाइरीमा लेखेका यिनै कष्टदायी भोगाईहरु करिब एक दशक अघि नै बजारमा आइसकेको थियो, छापामार युद्धको डायरी नामक पुस्तकमा । जुन पुस्तक त्यसताका निक्कै बिक्यो । दमकमा लिटिरेरी ग्रुपले आयोजना गरेको पुस्तक अन्तरक्रियामा ताराले भनिन् –‘आफ्ना भोगाइहरुलाई समेटेर तयार गरेको डायरी पुस्तक बन्यो । त्यही पुस्तक अहिले जीवन चलाउने आधार भएको छ ।’
मनमा लागेको भनी हाल्ने स्वाभावकी तारा उसबेला नै गायिका बन्न शम्भू राईलाई खोज्दै धनकुटा पुगेर भौतारिएको कथा सुनाउँदै थिइन्, शनिबारको धुमिल दिनमा दमकमा उनलाई दर्शक स्रोताले सुन्दै गर्दा । ‘छापामार युवतीको डायरी’ पुस्तकलाई बेलायतको प्रतिष्ठित पब्लिकेशनले Guerrilla Girl शीर्षक दिएर अनुवाद गरेपछि विश्वबजारमा पुग्ने शंका रहेन । गुरिल्ला गर्ल नामक पुस्तक बारे अन्तरक्रियामा बोल्दै नरेश काङ्माङ राईले भने –‘माओवादी युद्धमा लडाकु भएर लडेकी किशोरीको कथा विश्व जमातका लागि चासोको विषय नै हो । नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षलाई बुझाउन यसले मद्दत गर्ने छ ।’
२०६२/०६३ को जनआन्दोलन सम्पन्न भएपछि मोरङ कारागारबाट जेलमुक्त बनेकी ताराले त्यसपछिको जीवनलाई डायरी लेखनमा व्यतित गरिन् । उनी भक्कानिँदै भन्दैथिइन् –‘मैले सेनाको घेराबन्दीदेखि कारागारसम्म बिताएका कठीन क्षणहरुलाई टुक्राटुक्री कापीका पानाहरुमा लेख्दै तयार गरेको भोगाइ किताब बन्यो ।’ उनले बेलिविस्तार लगाइरहँदा कार्यक्रममा सहभागीका आँखा रसाइरहेका थिए । ताराले थपिन् –‘तर मलाई युद्धप्रति कुनै पश्चताप र गौरव छैन ।’
‘ताराहरुले युद्ध लडेर ल्याएको परिवर्तनले आम महिलाहरुको स्थितिमा के परिवर्तन आयो त ?’, सहजकर्ता बनेका नवीन प्राचीनले प्रखर कवि सीमा आभाषलाई कार्यक्रमकै दौरान सोधे । सीमाले भनिन् –‘महिलाहरु चुल्हो चौकाबाट सभा समारोहमा कम्तिमा आफ्ना कुरा राख्न पुग्ने भए । तर, कतिपय युद्ध लडेका महिलाहरुको आजको स्थिति चुल्होबाट युद्ध मैदानमा पुगेर फर्किएपछि पनि पुनः चुल्होमै थन्किएको छ । यो दुखद् पक्ष पनि हो ।’
जेलबाट छुटेर पहिलो पटक झापाको विर्तामोडस्थित कञ्चनजंघा एफएममा जेल जीवन बारे अन्तरवार्ता दिएकी उनले आफ्नो कथा लेख्ने प्रेरणा कार्यक्रमका प्रस्तोता चन्द्र भण्डारीबाटै पाइन् । आफ्ना फुटकर अक्षरलाई वरिष्ठ गायक एवम् संगीतकार गणेश रसिकका माध्यमबाट पत्रकार देवेन्द्र भट्टराई हुँदै रत्न पुस्तक भण्डार काठमाडौंसम्म पुर्याएकी ताराका लागि रत्न पुस्तक भण्डारले अर्को पनि गुण लगायो, पत्थरी रोगको सल्यक्रिया गरिदिएर ।
तराले भनिन् –‘जेल मुक्त भएर आएपछि समाजले सकारात्मक दृष्टिले हेर्ने कुरै थिएन । तर, मैले जेल जीवनलाई मन्दिरको बास मानेकी छु । जेलमा हुने प्रहरी पुजारी हुन् । कोही असल र कोही खराब नियतका हुन्छन् ।’ आफ्ना भोगाइलाई बिट मार्दै ताराले भनिन्, युद्धप्रति मेरो कुनै प्रतिक्रिया छैन ।
अंग्रेजी अनुवादमा अग्रणी भूमिका निर्वाह गरेका काङ्माङले नवीनको प्रश्नलाई यसरी अथ्र्याए –‘१० वर्षे जनयुद्धमा तत्कालीन शाही सेनाले गरेका ज्यादती माओवादी पक्षको भन्दा निक्कै हिंस्रक थियो । राष्ट्र संघीय महासन्धिका युद्ध सम्बन्धी प्रावधानहरु मिचिएका पक्षहरु छन् । तर, पुस्तकमा ती भोगाइहरु आरोपित बनेर आएका छैनन् ।’ नेपाली साहित्यको लेखनमा प्रस्तुती पक्ष बलियो नहुँदा अनुवाद र विश्व बजारमा पुग्न नसकेको भनिरहेका थिए नरेश ।
एउटी छापामार किशोरी र सैन्य अधिकृतबीचको बैचारिक द्वन्द्व र उनले भोगेका यातनामा क्रान्ति भन्दा पनि परिवारको पीडा पुस्तकले बोल्ने प्रीतक्रिया दिइरहेकी थिइन् सीमाले ।तारा यतिबेला संयोगले नेपाली सेनासँगै वैवाहिक जीवन बाँचिरहेकी छिन् । एक सन्तानकी आमा बनेकी उनी गृहणी जीवनमै खुशी छिन् । कार्यक्रममा निक्कै भाबुक बनेकी उनी कार्यक्रम सकेपछिको कुराकानीमा भने केही खुलिकी थिइन् । उनी भन्दै थिइन् –‘एकै पटकमा सबै परिवर्तन हुन्छ भन्ने उस बेलाको सोच अलिक आलोकाँचो थिएछ ।’
शव्द घरको संयोजन रहेको कार्यक्रममा कदम थिएटर र  लिटिरेरी ग्रुपको साथ त थियो नै । अग्रज कवि प्रकाश बुढाथोकी, स्रष्टाहरु सुन्दर कुरूप, विवश बलिभद्र कोइराला, लोकेन्द्र बञ्जरा, विराट किराती, विन्दु मुकदर्शक, मेचीपुत्र, राजकुमार सुब्बा अनिश्चित लगायत थुप्रै बलिया हस्ताक्षरहरु गुरिल्ला गर्ल बारेको भलाकुसारी सुन्न दमकमा सहभागी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो...