जातीय मुक्तिका अथक योद्धा नेता छाराहाङको निधन - Naya Online

जातीय मुक्तिका अथक योद्धा नेता छाराहाङको निधन

दमक, ५ चैत ।

लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक कमल छाराहाङको निधन भएको छ ।
आठपहरिया राई समाजका केन्द्रीय अध्यक्ष तथा पहिचानवादी नेता छाराहाङको ७० वर्षको उमेरमा शनिवार निधन भएको हो ।
आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार नै धनकुटा पुगेका छाराहाङ शनिबार मध्याह्न्न कार्यक्रम स्थलमा अचानक बेहोस हुनुभएको  थियो ।
कार्यक्रममा वसिरहेको अवस्थामा ह्रृदयघात भएर अचानक वेहोस हुनुभएका उहाँलाई तत्काल उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा अपराह्न्न तीन बजे तिर निधन भएको उहाँका छोरा सुजन छाराहाङले जानकारी दिनुभयो ।
छाराहाङ तत्काल गोरेबहादुर खपाङ्गीले नेतृत्व गरेको जनमुक्ति पार्टीबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । तीस वर्ष लामो राजनीतिक जीवनमा छाराहाङले लाभको पद कहिले धारण गर्नुभएन । लामो समयदेखि जातीय मुक्तिको पक्षमा लडिरहनुभएका नेता छाराहाङ पछिल्लो सयम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हुँदै लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक रहनुभएको संघीयवादीका केन्द्रीय सदस्य जीतेन राईले जानकारी दिनुभयो ।
पुख्र्याैली घर धनकुटा भए पनि पछिल्लो समय बिराटनगरमा बस्दै आउनुभएका छाराहाङको श्रीमती, दुइ छोरा एक छोरी छन् । उहाँको पार्थिव शरीरलाई आइतबार धनकुटा बजारमा अन्तिम श्रदाञ्जलीपछि धनकुटाको मूलघाटमा मुन्धुमी परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...