जातीय मुक्तिका अथक योद्धा नेता छाराहाङको निधन - Naya Online

जातीय मुक्तिका अथक योद्धा नेता छाराहाङको निधन

दमक, ५ चैत ।

लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक कमल छाराहाङको निधन भएको छ ।
आठपहरिया राई समाजका केन्द्रीय अध्यक्ष तथा पहिचानवादी नेता छाराहाङको ७० वर्षको उमेरमा शनिवार निधन भएको हो ।
आठपहरिया राई समाजको कार्यक्रममा सहभागी हुन शुक्रबार नै धनकुटा पुगेका छाराहाङ शनिबार मध्याह्न्न कार्यक्रम स्थलमा अचानक बेहोस हुनुभएको  थियो ।
कार्यक्रममा वसिरहेको अवस्थामा ह्रृदयघात भएर अचानक वेहोस हुनुभएका उहाँलाई तत्काल उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा अपराह्न्न तीन बजे तिर निधन भएको उहाँका छोरा सुजन छाराहाङले जानकारी दिनुभयो ।
छाराहाङ तत्काल गोरेबहादुर खपाङ्गीले नेतृत्व गरेको जनमुक्ति पार्टीबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । तीस वर्ष लामो राजनीतिक जीवनमा छाराहाङले लाभको पद कहिले धारण गर्नुभएन । लामो समयदेखि जातीय मुक्तिको पक्षमा लडिरहनुभएका नेता छाराहाङ पछिल्लो सयम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च हुँदै लिम्बुवान मुक्ति मोर्चा (संघीयवादी) का संयोजक रहनुभएको संघीयवादीका केन्द्रीय सदस्य जीतेन राईले जानकारी दिनुभयो ।
पुख्र्याैली घर धनकुटा भए पनि पछिल्लो समय बिराटनगरमा बस्दै आउनुभएका छाराहाङको श्रीमती, दुइ छोरा एक छोरी छन् । उहाँको पार्थिव शरीरलाई आइतबार धनकुटा बजारमा अन्तिम श्रदाञ्जलीपछि धनकुटाको मूलघाटमा मुन्धुमी परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...