झापाका महिलाहरुको सात बुँदे माग - Naya Online

झापाका महिलाहरुको सात बुँदे माग

बिर्तामोड, ४ चैत ।
संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेतृहरुले ७ बुँदे माग अघि सारेका छन् ।
बिर्तामोडमा शुक्रबार भएको अन्तरपार्टी महिला सञ्जाल झापाको बैठकले महिला अधिकारका लागि ७ बुँदे माग तय गर्दै त्यसलाई जोडदारसँगले अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी सञ्जालकी निवर्तमान अध्यक्ष संघीय समाजवादी फोरम नेपालकी संगीता रौनियार, नुतन झा, फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य उषा राजवंशी र तमलोपा महिला संघकी जिल्ला अध्यक्ष अलावती राजवंशीले महिला अधिकार रक्षाका लागि सञ्जालले उठाएको माग जायज भए पनि निर्वाचन अघि संघीय गठबन्धनको माग सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।
जनसंख्याको आधारमा आधा बढी हिस्सा ओगटेका महिलाको हक, अधिकार रक्षा तथा सम्मानजनक र समान प्रतिनिधित्वका लागि आफूले अघि सारेका ७ बुँदे माग पूरा गर्न विभिन्न दलमा आवद्ध महिला नेतृहरुले सरकार तथा राजनीतिक दलसँग माग गरेका हुन् ।
संवाद समूहको सचिवालयको संयोजनमा भएको वैठकको निर्णय अनुसार सञ्जालले आन्दोलनरत् संघीय गठवन्धनका जायज मागहरु सम्वोधन गर्दै तराई मधेसमा उत्पन्न समस्या समाधान गरी सहज र शान्तिपूर्ण तवरले सवै दलको सहभागितामा स्थानीय तहको निर्वाचनको वातावरण बनाउन माग गरेको हो ।
त्यस्तै  स्थानीय तहको निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु सहित सवै पदको उम्मेद्वार संख्यामा ५० प्रतिशत महिला उम्मेद्वार सुनिश्चित गर्न माग गरिएको छ ।
दलहरुले आफ्नो पार्टीको विजयी सुनिश्चित भएका ठाउँमा महिलालाई उम्मेद्वार बनाउनु पर्ने, निर्वाचन कर्मचारी,पर्यवेक्षक,अनुगमनकर्ता र म्यादी प्रहरीमा ५० प्रतिशत महिला नियुक्त गर्नु पर्ने माग पनि सञ्जालले अघि सारेको छ ।
निर्वाचन प्रचारप्रसारलाई तडकभडकरहित, कम खर्चिलो र मितव्ययी बनाउदै  निर्वाचन आयोग र सम्पूर्ण राजनीतिक दलहरुले मतदाता शिक्षालाई प्रभावकारी रुपले गाउँगाउँसम्म पुर्याउन पनि सञ्जालको माग छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...