मोर्चाको समर्थन फिर्ता - Naya Online

मोर्चाको समर्थन फिर्ता

काठमाडौं, २ चैत ।
संघीय गठबन्धनमा आवद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा बोल्दै सांसद एवम् तराई मधेस सद्भावना पार्टीका अध्यष महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको हो । यादवले समर्थन फिर्ताबारेको औपचारिक जानकारी सभामुखलाई दिने बताउनुभएको छ  ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित काँग्रेस–माओवादी गठबन्धन सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको यादवले स्पष्ट पार्नुभएको हो । उहाँले त्यसलगत्तै बुधबार को संसद् बैठकसमेत बहिष्कार गरिने घोषणा गर्नुभयो । सो घोषणासँगै संघीय समाजवादी फोरम नेपाल लगायत दलका सांसद बैठककक्षबाट बाहिरिएका थिए ।

मोर्चालाई फकाउने प्रमको असफल प्रयास

यसअघि बुधबार बिहान नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेताहरुलाई फकाउन सिंहदरबारमा छलफल गर्नुभएको थियो । तर, मोर्चालाई फकाउने प्रधानमन्त्री प्रचण्डको प्रयास असफल भएको छ ।
उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डले प्रेदेश सीमांकनलाई आयोगमार्फत टुंगो लगाउन प्रस्ताव गर्दै निर्वाचन प्रक्रियामा आउन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो । मोर्चा नेताहरुले भने सीमांकनको विषयलाई आयोगबाट टुंग्याउने प्रस्ताव सकारात्मक भए पनि स्थानीय तहको निर्वाचन बारे आपत्ति जनाएका थिए ।
प्रचण्डले सरकारलाई प्राप्त मोर्चाको समर्थन फिर्ता नलिन आग्रह गरे पनि मोर्चाले भने बुधबार संसद्मै सो बारे आधिकारिक धारणा राखेको हो । मोर्चाले भने वर्तमान सरकार मधेसीमाथि दमनको नीति लिएर अघि बढेको, संविधान संशोधन रोकेर स्थानीय तह निर्वाचनमा लागेको अरोप लगाउँदै आएको छ ।
तर, संसद् संख्याको गणितलाई हेर्ने हो भने राप्रपालाई सरकारमा सहभागी गराएसँगै प्रचण्ड नेतृत्वको गठबन्धन सरकार अल्पमतमा नपर्ने पक्का भइसकेको छ । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन प्रचण्ड थप राजनीतिक कसरतमा हुनुहुन्छ । गच्छचदारलाई समेत सरकारमा समावेश गर्न सके गठबन्धन सरकार तुलनात्मक रूपमा बलियो हुने पक्का छ । यसो गर्न सके मधेसमा पनि स्थानीय तह निर्वाचनको सकारात्मक प्रभाव पर्ने सरकारको बुझाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...