१० दिनपछि प्रचण्ड चीन जाँदै - Naya Online

१० दिनपछि प्रचण्ड चीन जाँदै

काठमाडौं, १ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणमा जाने हुनुभएको छ ।
दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेपछिको प्रचण्डको यो पहिलो चीन भ्रमण हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्ड चनिको बोआओ फोरममा भाग लिन चीन जाँदैहुनुहुन्छ ।
प्रम प्रचण्डको चीन भ्रमणबारे नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुले सोमबार बिहानै उहाँलाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका बालुवाटार स्रोतले जनाएको छ । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा पनि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता भएको थियो । भेटका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिनुभएको थियो ।
चिनियाँ राष्ट्रपतिले पनि औपचारिक नेपालको भ्रमण गर्ने चर्चा चल्दै आएको छ । तर, अहिलेसम्म भ्रमण निश्चित भएको छैन ।
समाचार स्रोतहरुका अनुसार बोआओ फोरमसँगै प्रधानमन्त्री प्रचण्डले चीनको राजधानी बेइजिङ भ्रमण गर्ने गृहकार्य पनि भइरहेको छ । त्यहाँ प्रचण्डले राष्ट्रपति सिलाई भेट्ने र नेपाल–चीनबीच द्विपक्षीय सम्झौताहरु गर्ने पनि कुटनीतिक प्रयास भइरहेको बताइएको छ ।
भ्रमणका दौरान केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गको डीपीआर, इन्धन भण्डारण, व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर लगायतमा नेपाली पक्षले गृहकार्य गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...