१० दिनपछि प्रचण्ड चीन जाँदै - Naya Online

१० दिनपछि प्रचण्ड चीन जाँदै

काठमाडौं, १ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणमा जाने हुनुभएको छ ।
दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेपछिको प्रचण्डको यो पहिलो चीन भ्रमण हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्ड चनिको बोआओ फोरममा भाग लिन चीन जाँदैहुनुहुन्छ ।
प्रम प्रचण्डको चीन भ्रमणबारे नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुले सोमबार बिहानै उहाँलाई भेटेर चीन भ्रमणको मिति टुंगो लगाएका बालुवाटार स्रोतले जनाएको छ । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा पनि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता भएको थियो । भेटका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिनुभएको थियो ।
चिनियाँ राष्ट्रपतिले पनि औपचारिक नेपालको भ्रमण गर्ने चर्चा चल्दै आएको छ । तर, अहिलेसम्म भ्रमण निश्चित भएको छैन ।
समाचार स्रोतहरुका अनुसार बोआओ फोरमसँगै प्रधानमन्त्री प्रचण्डले चीनको राजधानी बेइजिङ भ्रमण गर्ने गृहकार्य पनि भइरहेको छ । त्यहाँ प्रचण्डले राष्ट्रपति सिलाई भेट्ने र नेपाल–चीनबीच द्विपक्षीय सम्झौताहरु गर्ने पनि कुटनीतिक प्रयास भइरहेको बताइएको छ ।
भ्रमणका दौरान केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गको डीपीआर, इन्धन भण्डारण, व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर लगायतमा नेपाली पक्षले गृहकार्य गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...