माध्यमिक शिक्षा परीक्षा चैत ३ देखि - Naya Online

माध्यमिक शिक्षा परीक्षा चैत ३ देखि

काठमाडौं, ३० फागुन ।

एसएलसी परीक्षा हटाएर पहिलो पटक गर्न लागिएको माद्यमिक शिक्षा परीक्षा आउँदो चैत ३ गते बिहीबारबाट सुरु हुँने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर माद्यमिक शिक्षा परीक्षाको कार्यतालिका बारे जानकारी गराएको हो ।
बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा र चैत १० गते ऐच्छिक गणितको परीक्षा हुने छ ।
कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएसँगै यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षा लिन थालनी गरिएको हो ।
अन्य विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने पनिकाले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । परीक्षाका लागि आवश्यक प्रश्न पत्र, उत्तरपुस्तिका, लगायत परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लाहरुमा पुगिसकेको रेग्मीले बताउनुभयो ।
यस वर्षको परीक्षामा पाँच लाख ३८ हजार एक सय ८२ जना परीक्षार्थी सहभागी हुने पक्का भएको हो । परीक्षाका लागि एक हजार नौ सय २३ केन्द्र र उत्ति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार छ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ सहयोगी र २८ हजार आठ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार पाँच सय ९१ जना जनशक्ति परिचालन हुने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

प्राणीशास्त्रका विद्यार्थी निस्वार्थ छन्– प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्राणीशास्त्रमा अध्ययन र अध्यापनरत विद्यार्थी, शिक्षकहरु...

पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई

पहिचान पुरस्कार कोषले २०८०/२०८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने...