रमेश खडका काशी / क्वालालम्पुर, गैरअावसिय नेपाली संघ एनअारएनए मलेसियाकाे अायाेजनामा हुन लागिरहेको एसिया प्यासफिक सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
“Skilled Entrepreneurs for Prosperous Nepal” भन्ने मुल नाराको साथ यहि मार्च १९ तारिक मलेसियाको होटल ग्रेण्ड कन्टिनेन्टलमा हुन् गैरहेको एसिया प्यासफिक क्षेत्रीय सम्मेलनमा चिन, हंगकंग, युके, कोरिया, सिंगापुर, थाईल्याण्ड, म्यान्मार, जापान, कतार, युएई, अस्ट्रेलिया, मकाउ, फिलिपिन्स र अन्य देशहरुका एनआरएनकर्मीहरुको उपस्थिति रहने छ ।
मलेसियामा दोस्रो पटक हुन् लागिरहेको पाचौ एसिया प्यासफिक सम्मेलन यसपटक भने निकै तामझामको साथ हुन् लागि रहेको छ । मलेसियामा रहेका एनआरएनकर्मीहरु देखि बाहेक अन्य देशहरुबाट दुइ सय भन्दा बढी एनआरएनकर्मीहरु उपस्थिति हुनसक्ने अनुमान गरिएको उक्त सम्मेलनमा एन आर एन आइसिसीबाट अध्यक्ष शेष घले, महासचिब बद्रि केसी लगायत थुप्रै प्रतिनिधिहरुको सहभागिता रहने छ । सम्मेलनको आयोजक रास्ट्र मलेसियाले निकै व्यस्त समयको बाबजुत पनि कार्यक्रमलाई दुइ दिनको समय तालिका सार्बजिक गरेको छ । मार्च १८ तारिक शनिबार एन आर एन ए मलेसिया र एन आर एन ए जापानको सहकार्यमा बिहान ९ बजेबाट “एन आर एन ए एसिया प्यासफिक कप फ़ुस्टळ २०१७” मलेसियाको आपाङ् खेलमैदानमा हुदैछ जसको बिजेता टिमलाई एक मिलियन जापानी येन धनराशिको पुरस्कार प्रदान गरिने छ ।
मार्च १८ शनिबार कै दिन दिउसो ४.३० बजेबाट होटल ग्रेण्ड कन्टिनेन्टलमा नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत संग मलेसियामा रहेका संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, दुताबास र श्रमिकहरुसंग अन्तरक्रिया कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा मलेसियामा रहेका श्रमिकहरुका समस्या र सावधानका बारेमा छलफल गरिने कुरा एनअारएनए मलेसियाका महासचिब सुन्दर आले मगरले जानकारी दिनु भयो। कार्यक्रमको दोस्रो दिन १९ मार्च आइतबार बिहान १० बजे नेपाल सरकारका माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलगायत बिभिन्न देशहरुबाट उपस्थित एनआरएनकर्मीहरुद्वारा सम्मेलनको विधिवत उद्घाटन गरिने छ ।
उक्त सम्मेलनमा बिशेस गरि एनआरएनले नेपालमा गर्ने लगानी,एसिया भित्र रहेका नेपालीहरुका समस्याहरु,एनआरएन राहत कोष,नेपाल सरकारको नीतिनियमको सम्बन्धमा र बिभिन्न देशहरुमा रहेका एनआरएनहरुले ल्याएका घोसणापत्रहरुमाथि छलफल गर्दै क्वालालम्पुर घोसणा पत्र जारी गरि सम्मेलनको बिसर्जन गरिने कुरा आयोजकले जानकारी दिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।