संघीय गठबन्धनको बन्द सम्पन्न - Naya Online

संघीय गठबन्धनको बन्द सम्पन्न

झाप, २७ फागुन ।
२९ दलीय संघीय गठबन्धनले आह्वान गरेको शुक्रबारको नेपाल बन्द सम्पन्न भएको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा सुरक्षाकर्मी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप उत्पन्न भइ गोली चल्दा पाँच जनाको मृत्यु भएपछि सो को विरोधमा गठबन्धनले शुक्रबारका लागि नेपाल बन्द आह्वान गरेको थियो ।
शुक्रबार आह्वान गरेको नेपाल बन्द सफल पार्न गठबन्धनमा आवद्ध विभिनन दलका नेता कार्यकर्ता राजधानी लगायत देशैभर सडकमा उत्रिएका थिए ।

झापाको दमकमा बन्दले सुनसान पूर्व पश्चिम राजमार्ग क्षेत्र ।सो क्रममा राजधानीमा संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा, सचिव अजम्बर राई काङमाङ लगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै प्रहरीले राजधानीबाटै लिम्बुवानका २५ बढी कार्यकर्तालाई पक्राउ गरेको थियो । देशभर बन्दका क्रममा कुनै अप्रिय घटना नभएको सुरक्षा स्रोतले जनाएको छ ।
बन्दका कारण देशभर यातायातका साधन चलेनन् भने बजार, कलकारखाना र विद्यालय बन्द रहे । दिउँसो भने राजधानीमा केही संख्यामा सवारी साधन चलेका थिए । बन्दका कारण राजधानी बाहिरको जनजीवन भने ठप्प बनेको थियो ।
यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार नेपाल बन्दको आह्वान गरेको छ । कञ्चनपुरमा भारतीय सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको घटनालाई लिएर विप्लव समूहले विरोधस्वरूप बन्द आह्वान गरेको बताइएको छ । सरकारले भने शुक्रबार नै गौतमलाई सहिद घोषणा गर्ने बताइसकेको छ ।
यता सप्तरी गोली काण्डमा मारिएका पाँच जनालाई भने सरकारले सहिद घोषणा नगरेको भन्दै मधेसी मोर्चा लगायतले सरकारको विरोध गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...