संघीय गठबन्धनको बन्द सम्पन्न - Naya Online

संघीय गठबन्धनको बन्द सम्पन्न

झाप, २७ फागुन ।
२९ दलीय संघीय गठबन्धनले आह्वान गरेको शुक्रबारको नेपाल बन्द सम्पन्न भएको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा सुरक्षाकर्मी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप उत्पन्न भइ गोली चल्दा पाँच जनाको मृत्यु भएपछि सो को विरोधमा गठबन्धनले शुक्रबारका लागि नेपाल बन्द आह्वान गरेको थियो ।
शुक्रबार आह्वान गरेको नेपाल बन्द सफल पार्न गठबन्धनमा आवद्ध विभिनन दलका नेता कार्यकर्ता राजधानी लगायत देशैभर सडकमा उत्रिएका थिए ।

झापाको दमकमा बन्दले सुनसान पूर्व पश्चिम राजमार्ग क्षेत्र ।सो क्रममा राजधानीमा संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा, सचिव अजम्बर राई काङमाङ लगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै प्रहरीले राजधानीबाटै लिम्बुवानका २५ बढी कार्यकर्तालाई पक्राउ गरेको थियो । देशभर बन्दका क्रममा कुनै अप्रिय घटना नभएको सुरक्षा स्रोतले जनाएको छ ।
बन्दका कारण देशभर यातायातका साधन चलेनन् भने बजार, कलकारखाना र विद्यालय बन्द रहे । दिउँसो भने राजधानीमा केही संख्यामा सवारी साधन चलेका थिए । बन्दका कारण राजधानी बाहिरको जनजीवन भने ठप्प बनेको थियो ।
यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार नेपाल बन्दको आह्वान गरेको छ । कञ्चनपुरमा भारतीय सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको घटनालाई लिएर विप्लव समूहले विरोधस्वरूप बन्द आह्वान गरेको बताइएको छ । सरकारले भने शुक्रबार नै गौतमलाई सहिद घोषणा गर्ने बताइसकेको छ ।
यता सप्तरी गोली काण्डमा मारिएका पाँच जनालाई भने सरकारले सहिद घोषणा नगरेको भन्दै मधेसी मोर्चा लगायतले सरकारको विरोध गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...