सात सय ४४ स्थानीय तह लागू - Naya Online

सात सय ४४ स्थानीय तह लागू

आन्दोलनरत पक्ष असन्तुष्ट

काठमाडौं, २७ फागुन ।
देशभरका पुराना स्थानीय निकाय (गाविस/नगरपालिका)हरु शुक्रबारदेखि खारेज भएका छन् ।
सरकारले ती पुराना संरचनाको ठाउँमा ७ सय ४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा ल्याएको जनाएको छ । शुक्रबार सरकारबाट राजपत्रमा प्रकाशन गरेसँगै अब मुलुकका लागि नयाँ स्थानीय तह कार्यान्वयनमा आएको छ ।
सरकारले मन्त्रिपरिषद्बाट गत हप्ता देशभर ७ सय ४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै शुक्रबारबाट कार्यान्वयनमा आएको उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री कमल थापाले घोषणा गर्नुभएको छ ।
यसअघि बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७ सय १९ स्थानीय तहको सिफारिसलाई संशोधन गरेर ७ सय ४४ पुर्याएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा २१ र काठमाडौंमा २ र बझाङ र मनाङमा पनि एक–एक स्थानीय तह थपिएको छ ।
नयाँ संरचना अनुसार प्रदेश नम्बर २ मा एक उपमहानगर थपिएको छ । तर, स्थानीय तहको संख्या ७ सय १९ बाट ७ सय ४४ बनाउँदा पनि प्रदेश नम्बर ६ भने महानगर र उपमहानगरविहीन नै भएको छ ।
नयाँ संरचना अनुसार काठमाडौंका साथै ललितपुर, भरतपुर र पोखरा महानगरपालिका भएका छन् । यस्तै उपमहागरपालिकाको संख्या १३ पुगेको छ । जसमध्ये प्रदेश नम्बर २ र ५ मा चार÷चार उपमहानगरपालिका परेका छन् । प्रदेश २ मा जनकपुर, वीरगञ्ज, कलैया र सिमरा जीतपुर उपमहागरपालिका बन्दा प्रदेश ५ मा पर्ने नेपालगञ्ज, बुटबल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगर बनेका हुन् ।
प्रदेश नम्बर १ मा पनि विराटनगर, इटहरी र धरान गरी तीन वटा उपमहागरपालिका पक्का भए भने प्रदेश नम्बर ३ मा हेटौंडा र प्रदेश नम्बर ७ मा धनगढी उपमहानगरपालिका बनेका छन् । तर, प्रदेश नम्बर ६ मा भने एउटा पनि महानगरपालिका र उपमहानगरपालिका परेनन् ।

२४७ नगरपालिका, ४८० गाउँपालिका

नयाँ संरचना अनुसार देशभर २ सय ४७ नगरपालिका बन्ने पक्का भएको हो भने ती मध्ये धेरै प्रदेश नम्बर १ मा बन्ने भएका छन् । प्रदेश नम्बर १ मा ४६, प्रदेश नम्बर २ मा ४४, ३ मा ४०, ४÷५ मा समान २९ नगरपालिका बन्ने निधो भएको छ । प्रदेश नम्बर ६ मा २५ र प्रदेश नम्बर ७ मा ३४ नगरपालिका परे ।
यस्तै ७ सय ४४ स्थानीय सरकार मध्ये ४ सय ८० गाउँपालिका तोकिएका छन् । जसअनुसार प्रदेश १ देखि ७ सम्म क्रमशः ८८, ७९, ७५, ६२, ६६, ५७ र ५३ गाउँपालिका बन्ने टुङ्गो लागेको हो ।

आन्दोलनरत पक्ष असन्तुष्ट

तर, आन्दोलनरत मधेसी मोर्चा आवद्ध संघीय गठबन्धन, नेपाल आदिवासी जनजाति महासंघ लगायत दल र संगठनहरुले भने सरकारले विभिन्न समुदायको जातीय क्लस्टर र उनीहरुको स्वायत्तताको अधिकारलाई सम्बोधन गर्न नसक्नेगरी नयाँ संरचना प्रस्ताव गरेको भनी विरोध गरेका छन् ।
स्थानीय संरचना निर्माण गर्दा अल्पसंख्यक समुदायहरुको प्रतिनिधित्व, सहभागिता, भाषा, संकृति अािदको संरक्षणका लागि स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष संरक्षित क्षेत्र हुनुपर्ने सवाललाई बेवास्था गरिएको उनीहरुको आरोप छ ।
गठबन्धन, आदिवासी जनजाति महासंघ लगायतले यसअघि नै सरकारलाई ज्ञापनपत्र बुझाएर संविधान संशोधन, स्थानीय तह पुनर्संरचनामा पुनर्विचार लगायत विषयमा ध्यानाकर्षण गर्दै माग सम्बोधन नगरे आन्दोलनमा जाने र स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिइसकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...