सप्तरी गोली काण्डको विरोधमा नेपाल बन्द - Naya Online

सप्तरी गोली काण्डको विरोधमा नेपाल बन्द

देशभरको जनजीवन प्रभावित

काठमाडौं, २७ फागुन ।

झापाको दमकमा बन्दले सुनसान पूर्व पश्चिम राजमार्ग क्षेत्र ।

गत सोमबार सप्तरीको राजविराजमा भएको गोली काण्डविरुद्ध शुक्रबार संघीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दका क्रममा व्यापक धरपकड भएको छ । राजधानीलगायत देशभरका विभिन्न स्थानहरुमा बन्दको प्रभाव परेको छ ।
शुक्रबार बिहानैदेखि प्रहरीले राजधानीभित्रका विभिन्न स्थानहरुबाट बन्द सफल पार्न उत्रिएका गठबन्धन आवद्ध विभिन्न दलका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । प्रहरीले बिहानै संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा, सचिव अजम्बर काङमाङ राईलगायत नेता कार्यकर्ताहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । सो क्रममा समाजवादी युवा फोरमका अध्यक्ष सुनिल चौधरीसहित समाजवादी ट्रेड युनियनका सचिव यज्ञ राई, संघीय तामाङ संघका संयोजक जय गोलेलगायत पक्राउ परेका हुन् ।

राजधानीको सातदोबाटोबाट लिम्बुवानका नेता कार्यकर्तालाई गिरफतार गर्दै प्रहरी ।

त्यस्तै राजधानीको ललितपुरबाट शुक्रबार बिहान नै लिम्बुवानका केन्द्रीय नेताहरु दुर्गा ओख्राबो, दीपा आदाङ्मासासहित १० बढी नेता कार्यकर्तालाई प्रहरी पक्राउ गरेको खबर छ ।
राजधानीमा छिटपुट यातायातका साधन चले पनि अन्यत्र भने ठप्पै छन् । बन्दकर्ताले एम्बुलेन्स, बारुण यन्त्र, कुटनीतिक नियोगका सवारी, मलामी र जन्ती बोकेका गाडी र प्रेसका सवारी साधनलाई भने रोकतोक नगरेको जनाएको छ ।
प्रहरीले झापाको झापाको काकरभिट्टाबाट संघीय समाजवादीका चार जना कार्यकर्ताहरुलाई विहान प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखिएको थियो । हाल उनीहरुसबैलाई छाडिएको ससफो झापा अध्यक्ष धिनेर लावतीले जानकारी दिनुभयो । बजार बन्द गर्ने क्रममा प्रहरीले संघीय समाजवादीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष नारायण गुरुङ, जिल्ला सल्लाकार सदस्य अकल गुरुङ, क्षेत्रिय अध्यक्ष तिलकचन गुरुङलाई पक्राउ गरेको थियो ।
बन्द सफल पार्न गठबन्धन आवद्ध विभिन्न दलका नेता कार्यकर्ता बिहानैदेखि सडकमा झण्डासहित उपस्थित छन् । बन्दका क्रममा हालसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ ।

खोटाङमा बन्दकर्ताहरु ।

बन्दका कारण देशभर लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा र विद्यालयहरु बन्द छन् । यसैबीच शनिबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले नेपाल बन्दको आह्वान गरेको छ । विप्लवले विज्ञप्ति जारी गरेर कञ्चनपुरमा भएको गोली काण्डको विरोधमा नेपाल बन्द आह्वान गरेको हो ।
नेपाल–भारत सीमानामा कल्भर्ट बनाउने निहुमा दुई पक्षीय झडप हुँदा भारतीय सुरक्षा दस्ता एसएसबीले प्रहार गरेको गोली लागेर गोविन्द गौतमको विहीबार मृत्यु भएपछि विप्लव समूहले शनिबार बन्द आह्वान गरेको हो । विप्लव समूहले शुक्रबार नै सीमा क्षेत्रहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्ने कार्यक्रम तय गरेको स्रोत जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...

कवि विमल गुरुङको घरमा छोरो भई बस्दा

राजकुमार दिक्पाल उडेको चरी समातूँला झैँ लाग्थ्यो । प्रयास गरियो भने पानीमै आगो बाल्न...

मुन्धुम मगमगाउने कविताहरूमा घोत्लिदा

राजकुमार दिक्पाल समकालिन कविता लेखनले विम्ब विधानमा परम्परागत, निश्चित मान्यता अनि सिमाहरूबाट मुक्ति खोजिरहेछ...

सम्झनामा किसन राई

राजकुमार दिक्पाल एउटा अकल्पनीय तीतो यथार्थका बीच आज तपाईको सम्झना गरिरहनुपरेको छ किसन सर...

कवि जुनू रानाको प्रथम कविता कृति “रातो नदि” विमोचन सम्पन्न

काठमाडौ । कवि जुनू रानाको पहिलो कविता कृति रातो नदि विमोचन सम्पन्न भएको छ...