संघीय गठबन्धन उत्रियो राजविराज गोली काण्डको विरोधमा - Naya Online

संघीय गठबन्धन उत्रियो राजविराज गोली काण्डको विरोधमा

काठमाडौं, २६ फागुन ।

संघीयता, पहिचान र अधिकारका लागि आन्दोलनरत संघीय गठबन्धनले बिहीबार काठमाडांैमा विरोध प्रदर्शन गरेको छ । सप्तरीको राजविराज गोली काण्डको विरोधमा गठबन्धनले बिहीबार विरोध प्रदर्शन गरेको हो ।
आदिवासी जनजाति र मधेशी मोर्चा सहित २८ दलीय गठबन्धनको आह्वानमा भृकुटीमण्डपमा दिउँसो १२ बजे भेला भई ब्यानर र प्ले कार्ड सहितको विरोध र्याली माइतीघर मण्डला पुगेर सभामा परिणत भएको थियो ।
विरोध र्यालीमा गठबन्धनका संयोजक उपेन्द्र यादवसहित शीर्ष नेताहरु सहभागी थिए । बिहीबार नै देशब्यापी सबै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन भएका छन् ।
गठबन्धनले भोलि शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ ।
मोर्चाको चर्काे विरोधका बावजूद एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको सभामा प्रहरीले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको मोर्चा र गठबन्धनले दावी गरेका छन् । सरकारी पक्षले भने चार जनाको मृत्यु भएको जनाएको छ ।
विरोध कार्यक्रमका वक्ताहरुले २६ बुँदे माग राखेर गठबन्धनले परिमार्जन सहित संबिधान संशोधन हुनु पर्ने, सीमांकन हेरफेर गर्नु पर्ने, स्थानीय तहको प्रतिवेदन खारिज हुनु पर्ने, स्थानीय निकायको चुनाव फिर्ता लगायत माग राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...