राप्रपा सरकारमा जाँदै - Naya Online

राप्रपा सरकारमा जाँदै

कमल थापा र दिलनाथ गिरी मन्त्री हुँदै

काठमाडौं, २६ फागुन ।
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै सात दिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्राण्डले सरकार टिकाउन राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गर्नुभएको छ ।
राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री बनाउने पक्कापक्की भएको छ । त्यस्तै राप्रपाबाट दिलनाथ गिरीले पनि पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने पक्कापक्की भएको छ । नवनियुक्त दुवै मन्त्रीको सपथ बिहीबार साँझ ६ बजे हुने पक्का भएको छ ।
मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन मिति स्थगित गर्नुपर्ने भन्दै समर्थन फिर्ताको चेतावनी दिएलगत्तै काँग्रेस–माओवादी गठबन्धन सरकार सत्ता टिकाउन प्रचण्डले नयाँ बाटो खोज्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
हाल स्थानीय र पर्यटन गरी दुवै मन्त्रालय माओवादी केन्द्रको भागमा छ । आफ्ना दुवै मन्त्रीलाई फिर्ता बोलाएर प्रचण्डले राप्रपालाई सरकारमा अँटाउने उपाय निकाल्नुभएको बुझिएको छ । राप्रपा सरकारमा सामेल भए मोर्चाले समर्थन फिर्ता लिए पनि गठबन्धन सरकारलाई असर नपर्ने बताइएको छ ।
यसअघि प्रचण्डले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सामेल गर्ने रणनीति बनाएको थियो । तर, राजविराज गोली काण्डपछि फोरम लोकतान्त्रिकले तत्कालै सरकारमा जाँदा मधेसमा विरोध हुने राजनीतिक त्रासका कारण सरकारमा सामेल हुन नचाहेको स्रोतको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...

रचनाले न्याय पाएपछि…..

देवेन्द्र सुर्केली जब नेपाली चलचित्र जारीको टिजर सार्वजनिक भयो, तब बेलबारी मोरङ निवासी गोविन्द...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

राजेन्द्र महतोले उपेन्द्र यादवलाई समर्थन गर्ने

बारा, १९ चैत । १० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २ मा राजेन्द्र महतोले जनता...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...