सरकारलाई दिइएको मधेसी मोर्चाको समर्थन फिर्ता - Naya Online

सरकारलाई दिइएको मधेसी मोर्चाको समर्थन फिर्ता

भक्तपुर २५, फागुन ।

Morchaसंघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाबाट सरकारमा दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिनुभएको छ ।
बुधबार बिहान बसेको मोर्चाको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको स्पष्ट पार्नुभएको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग मोर्चाका माग सम्बन्धमा कुराकानी गर्दा प्रधानमन्त्रीले माग पूरा गराउन नसक्ने बताएपछि मोर्चा यस्तो निर्णयमा पुगेको अध्यक्ष यादवको भनाई थियो । उहाँले भन्नुभयो –‘आजबाट सरकार अल्पमतमा परेको छ । हामीले एक हप्ताको अल्टिमेटम दिएर सरकारलाई दिएको समर्थत फिर्ता लिएका हौं ।’
प्रचण्ड सरकार नै अल्पमतमा परिसकेकाले वर्तमान सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नहुने यादवले जिकिर गर्नुभयो । संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने भन्दै उहाँले भन्नुभयो –‘निर्वाचन गर्ने भनिए तापनि यो भ्रामक कुरा हो ।’
केन्द्र र प्रदेशको निर्वाचन पश्चात मात्र स्थानीय तहको निर्वाचन हुन्छ भन्दै उहाँले भन्नुभयो –‘मधेस बिना नै निर्वाचन गर्छाैं भन्नु गैरजिम्मेवार कुरा हो ।’

‘सप्तरी घटना तीन दल र सुरक्षा निकायको योजनामा’

Federal Socialist Forum-Nepal Chairman Upendra Yadav speaking at a programme in Pokhariya of Parsa District, on Sunday, November 20, 2016. Photo: RSS

यसैबीच यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्व ढंगले सप्तरी घटना गराएको गम्भीर आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रूपमा सप्तरी घटना गराएको उहाँले आरोप लगाउनुभएको हो । बुधबार रफत सञ्चार क्लवसँगको साक्षात्कार अध्यक्ष यादवले प्रधानमन्त्री, गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरुले पनि गर्न पाउने भए पनि मधेसी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्व रहेको खुलासा गर्नुभयो ।
संघीय गठबन्धनको संयोजक समेत रहनुभएका यादवले भन्नुभयो –‘सप्तरी घटनामा टाउको र छातीमा मधेसी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको पुष्टि हुन्छ ।’
एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै उहाँले सुनियोजित रूपमा घटाइएको घटनाको जति निन्दा र विरोध गरेपनि कम हुने जिकिर गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...