काठमाडौं, २५ फागुन ।
सरकारले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन निर्वाचन आयोगलाई हस्तान्तरण गरेको छ ।
यसअघि निर्वाचन आयोगले सरकारलाई स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन तत्काल नपाए निर्वाचन गराउन जटिल हुने चेतावनी दिँदै आएको थियो । सरकारका तर्फबाट आयोगलाई मंगलबार अबेर प्रतिवेदन बुझाइएको थियो ।
सरकारी प्रतिवेदनअनुसार अब आयोगले सात सय ४४ स्थानीय तह र त्यसको केन्द्र र सीमाना समेतको विवरण प्राप्त गरेको छ ।
आयोगका सचिव गोपीप्रसाद मैनालीले अब सरकारबाट प्राप्त प्रतिवेदन अनुसार नयाँ निर्वाचन केन्द्र तोक्ने जानकारी दिनुभएको छ ।
अब स्थानीय तह, वडा अनुसारको मतदाता नामावली मिलाउने र मतदान केन्द्र तोक्ने काममा आयोग लाग्ने मैनालीले बताउनुभएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।