मधेस अपडेट : - Naya Online

मधेस अपडेट :

मधेसमा बढ्यो जन आक्रोश, सप्तरीमा कफ्र्यु आदेश जारी
सप्तरी अनिश्चितकालका लागि बन्द
प्रहरीको ड्युटी एमाले नेता–कार्यकर्ताको घर सुरक्षामा
सप्तरीका सिडिओ र एसपी काठमाडौं झिकाइए
एमाले नेतालाई राजधानी फर्कंदै

कमन देवान
झापा, २४ फागुन ।
सोमबार सप्तरीको राजविराजमा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीच भएको झडपपछि गोली चल्दा तीन जनाको मृत्यु भएपछि मंगलबारबाट मधेसमा आगो दन्किएको छ । मोर्चा कार्यकर्ता र सर्वसाधरण आक्रोशित बनेका छन् । Mritak-Saptari-Jhadapसोमबार साँझ राजविराजमा प्रहरीले चलाएको गोली लागि मलेठ ४ का सन्जन मेहता र पिताम्बर मण्डल, प्रसबनी ४ का आनन्द साहको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा गोली लागेर मृत्यु भएको भनिएका दिगम्बर यादवको भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको असप्ताल स्रोतले जनाएको छ । यसअघि संयुक्त मधेसी मोर्चाले सप्तरी गोली काण्डमा चार जनाको मृत्यु भएको भनी विज्ञप्ती जारी गरेको थियो । गोली काण्डमा आठजना गोली लागेर गम्भीर घाइते भएका र अन्य ३९ जना विभिन्न समयमा भएका झडपहरुमा परेर घाइते भएका मोर्चाले जानकारी दिएको छ ।
मंगलबारदेखि तराई मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा दुई दिनका लागि बन्दको आह्वान गरेर संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा विभिन्न स्थानहरुमा मोर्चा कार्यकर्ताहरुले टायर बालेर सडक जाम गरेका छन् भने बजारहरु बन्द गराएका छन् ।
मधेसभर यातायातका साधन चलेका छैनन् भने विद्यालय, उद्योगधन्दा पनि बन्द रहेका छन् । सप्तरीमा सबै जसो स्थानमा प्रदर्शनकारीहरु मात्रै देखिएका छन्, प्रहरीको उपस्थिति छैन । अन्यत्र जिल्लाहरुमा भने बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् भने मधेसी मोर्चाका कार्यकर्ताहरु पनि ठूलो संख्यामा सडकमा उत्रिएका छन् ।

अनिश्चितकालीन सप्तरी बन्दको आह्वान

kpur3-07032017101330मधेसी मोर्चाका कार्यकर्ताले मंगलबारदेखि अनिश्चितकालका लागि सप्तरी बन्दको आह्वान गरेका छन् । सप्तरी सदरमुकाम राजविराजमा बिहानै प्रदर्शनकारीहरुले सप्तरी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । पाँच भन्दा सय बढी संख्यामा सहभागी उनीहरुले गोली हान्नेलाई कडा कनुनी कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग राखेका थिए । स्थानीय प्रशासनले सप्तरीमा मधेसी मोर्चाको प्रदर्शन र तोडफोड उग्र बनेको भन्दै अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

बिहानैदेखि मोर्चाका कार्यर्ताहरु सदरमुकाम राजविराज, पूर्व–पश्चिम राजमार्गको भारदह र रुपनी, तोपा, हनुमाननगर सहितका स्थानमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । मोर्चाले सोमबार साँझ नै आपतकालीन बैठक बसेर सप्तरी गोली काण्डको विरोधमा मंगलबार र बुधबार तराई मधेस बन्दको आह्वान गरेको थियो । मोर्चाका नेताहरुको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा सप्तरी गोली काण्ड एमालेको मधेस विरोधी रवैरा र हटका कारण भएको भन्दै निन्दा गरिएको थियो ।

सप्तरी प्रहरीको ड्युटी एमाले नेता–कार्यकर्ताको घर सुरक्षामा

UDMF-cadres-ans-security-personnel-clash-in-Rajbirajमोर्चाका कार्यकर्ताले मंगलबार बिहानै राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । यसअघि प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका थिए ।
बा ७ च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना हरेका थिए । उनीहरुलाई प्रहरीले सुरक्षा दिएर जिल्ला अदालतमा राखेको थियो ।

सिडिओ र एसपी काठमाडौं झिकाइए

Uddhab-Prasad-Timalsina-CDO-Saptariयसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मंगलबार बिहानै काठमाडौं झिकाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर प्रजिअ उद्धवप्रासद तिमल्सिना र एसपी दिवेश लोहनीलाई काठमाडौं झिकाउन निर्देशन दिएको बताइएको छ । दुवै सरकारी अधिकारीहरुलाई राजविराज घटनाबारे जानकारी लिन बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमाले नेता काठमाडौं फिर्दै

uml-04032017125544-1000x0मेची–महाकाली अभियानका क्रममा सोमबार सप्तरी पुगेका एमाले शीर्ष नेताहरु मंगलबार काठमाडौं फर्कंदैछन् । सप्तरीको राजविराज गोली काण्डपछि सोमबार नै एमाले स्थायी कमिटी बैठकले जारी मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित गरिएपछि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत नेताहरु मंगलबार काठमाडौं फर्कदै छन् ।
एमालेले मंगलबार अपराह्न्न ३ बजे सप्तरी घटनाबारे पार्टी मुख्यालय धुम्बाराहीमा आफ्नो धारणा सार्वजनिक गर्ने एमाले स्रोतले जनाएको छ ।
यसैबीच मंगलबार नै सिरहाको लहान–१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको समाचार छ । मोर्चा कार्यकर्ताले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका बताइएको छ ।

अमेरिकी चासो

यसैबीच सप्तरी गोली काण्ड बारे अमेरिकाले चासो र चिन्ता व्यक्त गरेको छ ।  us-lgflag
घटनाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन आग्रह गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’ भनिएको छ ।
साथै जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा अधिकतम संयम अपनाउन पनि सुरक्षा निकायलाई आग्रह गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...