काठमाण्डौं, फागुन २३ – राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौंमा हिजोबाट सुरु भएको छ ।
२५ गतेसम्म तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पार्टीका संस्थापक अध्यक्ष एमएस थापा मगरले गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा थापाले संविधान मान्य नभएको, एकात्मक शासन भैरहेको, हिजो पनि यहि अवस्थामा रहेको र आज पनि पुरानै स्थितीमा रहेको बताउनु भएको थियो । सम्मेलनलाई पार्टीका महासचिव केशव सूर्यवंशीले शुभकामना दिदैं एकात्मकवादीले एकल जाहनिय शासन चलाईरहेको छ, परिवर्तनको आवश्यक छ, भन्नुभएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी विदेश शाखा मञ्चको रुपमा खडा गरिएका जनमुक्ति मञ्च बेलायत, हंगकंग, ईजरायल, साउदीअरब, कतार, मलेसिया, कोरिया लगायतका राष्ट्रबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । शुभकामना दिनेहरुमा जनमुक्ति मञ्च मलेसियाका अध्यक्ष पदम राना, ईजरायलका बसन्त रास्कोटी मगर, साउदीअरब बाट हुम सुनारी, यूरोप ईन्चार्ज यूकेका थर्क रानालगायत रहनुभएको थियो ।
पार्टीका उपाध्यक्ष तथा प्रवास बिभाग ईन्चार्ज कमला थापा मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पार्टीको बिभिन्न मोर्चाको तर्फबाट ममता बुढाथोकी र सह–अध्यक्ष बुद्ध श्री लामाले पनि शुभकामना दिनु भएको थियो ।
संघीय परिषद सदस्य होमलाल पूनको रचनामा पार्टीको गीतको लोकार्पण प्रमुख अतिथिले गर्नुभएको थियो । कार्यक्रममा तामाङ समुदायको लोकप्रिय नृत्य तामाङ सेलो र नेवार समुदायको नृत्य पनि प्रस्तुत थिए ।
पार्टीका बरिष्ठ उपाध्यक्ष यमबहादुर बुढाथापाको सभापतित्व भएको कार्यक्रममा पार्टी अध्यक्ष के.पी पालुङ्वाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रथम अन्त्तराष्ट्रिय सम्मेलन ३ दिन सम्म चल्ने र काठमाण्डौं घोषण पत्र जारी गर्दै फागुन २५ गते कार्यक्रम समापन हुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।