एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुदै - Naya Online

एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुदै

मलेसिया । ‘सम्बृद्ध राष्ट्र निर्माणकालागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ ।

क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् । आयोजक राष्ट्र मलेसियाले एक साता पहिले बैदेशिक रोजगारीका क्रममा दुःख पाएकाहरुको हितका लागि कल्याणकारी कोष निर्माण गर्नेकार्य पनि माननिय श्रम तथा रोजगार मन्त्री श्री सुर्यमान गुरुङ ज्यूको प्रमुख आतिथ्यमा सुरु गरिसकेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए । उनका अनुसार “एनआरएनए मलेसिया कल्याणकारी कोष” निर्माणकार्यलाई निरन्तर राख्दै एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनको तयारी तिब्र पारेको उनले बताए । हालसम्म दश लाख रुपैया कोषमा संकलन भईसकेको राईले जानकारी दिए । सम्मेलनको उद्घाटन नेपाल सरकारका पररास्ट्र मन्त्रि प्रकाश शरण महतले गर्ने भएका छन् । यसै अवसरमा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनकै पूर्व सन्ध्यामा मलेसियामै एक दिने “एसिया प्यासिफिक फुटसल २०१७” प्रतियोगिताको आयोजना पनि गरिने भएको छ । जसमा विजेता टीमले दश तथा दोश्रो हुनेले तीन लाख जापानिज यन पाउने गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनका संयोजक किरणविक्रम थापाले जानकारी दिएका छन् ।

प्रतियोगिताको संयोजकमा एनआरएनए जापानका अन्तरास्ट्रिय युवा प्रतिनिधि लेलिन भट्टचन रहनुभयको छ |

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ट्याप ट्याप सेन्ड्को प्रमुख प्रायोजनमा पोर्तुगलमा पहिलोपटक मैत्रीपुर्ण पुरुष भलिबल खेल सम्पन्न

पोर्तुगल, १५ अप्रिल । चैत दशैको पावन अवसरमा नेपाली समाज सान्तोतोनियाले गत अप्रील ९...

लण्डनको फेल्थाममा यक्वा तङ्नाम

प्रीन्स याक्खा लण्डन, १५ अप्रिल । किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द सोसाइटी युकेले लण्डनस्थीत फेल्थाम...

नेपाली समाज जापानको कान्तोउ क्षेत्रमा भेला

जपान, १० अप्रिल । जनता समाजवादी पार्टीको प्रवास समिति, नेपाली समाज जापानको कान्तोउ (...

बहराइनमा आदिवासी जनजाति महासंघको तेश्रो अधिवेशन सम्पन्न

बहराइन, २७ मार्च । अदलियास्थित नेपाली क्लबको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ, बहराइनको तेश्रो...

ट्यापट्याप एपमार्फत छिनभरमै नेपाल पैसा पुग्ने

केश तमू पोर्तुगल, २७ मार्च । पोर्तुगलबाट एपमार्फत नेपाल पैसा पठाउन सकिने भएको छ...

नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदानप्रदान

-सन्देश लिम्बु मकाउ, १७ मार्च ।नेपाली जनसम्पर्क समिति मकाउद्वारा पदयात्रा गरि होलीको शुभकामना आदान...

याक्थूङ युवा अमेरिकाद्वारा विद्यार्थीहरुलाई छात्रावृत्ति तथा स्वेटर वितरण

फालेलुङ । पान्थरको फालेलूङ गाउपालिका ८ स्थित श्री भृकुटी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति तथा...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ, प्रवास समितिको जिम्मेवारी हेरफेर

काठमाडौँ, १६ माघ । केही महिना मनबहादुर राना नेतृत्वमा गठन भएको नेपाल आदिवासी जनजाति...

नियात्रा: भाडामा शरीर –आम्सटर्डम वेश्यालय

भीम राई एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट हसुरेर बाहिर जमिनमा निस्कदै गर्दा फुसफुस्से पानी...