उजेली पढ्ने स्कुलमा सुुनैको दरबार - Naya Online

उजेली पढ्ने स्कुलमा सुुनैको दरबार

काठमाडौं
काठमाडौंको बौद्यस्थित भुवनडाँडामा रहेको जेनेसिस एकेडेमीको सातौं अभिभावक दिवसमा विभिन्न कलाकार एवं विद्यार्थीहरूको सास्कृतिक प्रस्तुतीसहित भव्य रूपमा मनाइएको छ । श्रोता दर्शकले रुचाएका गायक डिजराज पौडेल

IMG_3482 IMG_3491 IMG_3500 IMG_3515

सैयौं विद्यार्थी एवं अभिभावकका अगाडी जव स्टेजमा देखा परे, सबैले ताली बनाएर उनलाई स्वागत गरे । उनले आफ्नो चर्चित गीत ‘तिमी आउने बाटोमा’, ‘सुनैको दरबार’जस्ता गीत गाउँदा उनको स्वरमा स्वर मिलाउनेहरूको कमी थिएन । कुनै समय शिक्षण पेशामा आवद्ध पौडेलले विगत स्मरण गर्दै भने, ‘म गायक हुनुभन्दा पहिले शिक्षक थिएँ । यस्तै कार्यक्रमहरूमा विद्यार्थी भाईबहिनीसँग गाउँदा गाउँदै म गायक बनेको हुँ ।’
कार्यक्रममा सो विद्यालयमा अध्ययनरत दर्जनौं विद्यार्थीले गीत, नृत्य, तेक्वान्दो, वाद्यवादनलगायत विभिन्न कला प्रस्तुत गरी अभिभावकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा अर्को आकर्षण थिए हास्य कलाकार राजेन्द्र गिरी । टेलिसिरियल हर्के हवल्दारमा ‘गुन्द्रुक साँदेर’, टाक्कु टुक्क रिटर्नमा ‘बप माइला’का रूपमा अभिनय गरीरहेका उनले देखाएको जादुमा विद्यार्थीहरू रोमाञ्चित भए । त्यतिमात्रै होइन ‘रूपकी रानी तिमी’ बोलको गीतमा गिरीले प्रस्तुत गरेको नृत्य र जादुको संयोजनलाई विद्यार्थी र अभिभावकले यति रुचाए उनी स्टेजबाट बाहिरिँदा पनि दर्शक दिर्घाबाट ‘वान्स मोर वान्स मोर’ को आवाज गुञ्जिरहेको थियो ।
म्यागासेसे अवार्ड विजेता डा. महाविर पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. पुनले देश विकासमा सरकारमात्रै होइन जनस्तरबाट पनि राम्रो काम गर्न सकिने बताए । स्कुलकी संस्थापक निर्देशक रुषमाया थोकरले विद्यालयको भावी योजना प्रस्तुत गर्दै जेनेसिस एकेडेमीले गरिव एवं असहाय विद्यार्थीले छात्रवृति प्रदान गरी सामाजिक कार्यमा समेत योगदान पुर्याइरहेको बताइन । सो स्कुलले २०७२ सालको विकासकारी भुकम्पपछि बीबीसी साझा सवालले तयार गरेको वृत्तचित्र ‘बाँचेका मान्छेहरू’की उजेली तामाङलाई समेत छात्रवृत्ति प्रदान गरी अध्ययन गराइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

नेपालको हकमा जातीय उत्पीडन विकराल कि वर्गीय समस्या प्रधान ?

-उदय पूर्वेली चोङबाङक्याक नेपालको हकमा जातीय उत्पीडन नै वर्गीय समस्याको मूल जड हो ।...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

आफ्नो कला संस्कृति प्रबर्धन र संरक्षणमा नेपाल साँस्कृतिक कला मन्दिरको भुमिका

काठमाडौं १ भाद्र । नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि बिभिन्न...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...