सप्तरी गोली काण्ड अपडेट : - Naya Online

सप्तरी गोली काण्ड अपडेट :

सप्तरी गोली काण्डमा मृत्यु हुनेको संख्या चार पुग्यो
मोर्चाको आकस्मिक बैठक जारी
एमालेको मेची–महाकाली अभियान तीन दिनलाई स्थगित

  • कमन देवान
  • झापा, २३ फागुन । 

Mritak-Saptari-Jhadap

एमालेको मेची–महाकाली अभियानको प्रतिवाद गर्ने क्रममा प्रहरीले चलाएको गोली गालेर चार जना मधेसी मोर्चाका कार्यकर्ता मारिएका छन् ।
राजविराज गोली काण्डमा मृत्यु हुनेमा सप्तरीका रञ्जन मेहता, दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द साह रहेका छन् । उनीहरुको टाउको, छाती, पेटमा गोली लागेको हो ।
गोली लागेका मेहताको गजेन्द्र नारायण अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यलाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले आफूलाई एक जनाको मृत्यु भएको खबर आएको बताउनुभएको थियो । प्रजिअ तिम्सिनाले एमाले सभा कुनै पनि हालतमा सफल पार्न उच्च सुरक्षा सतर्कता अपनाइने भन्दै मोर्चाले विरोध गरे बल प्रयोग गरिने चेतावनी दिनुभएको विभिन्न सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको थियो । राजविराज गोली काण्डपछि तिम्सिनाको मोबाइल अफ भएको छ । मोर्चाले भने एमाले सभा गर्न नदिने भन्दै आन्दोलन घोषणा गरेको थियो ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेश भट्टराईले भने मोर्चा कार्यकर्ताले एमाले सभा बिथोल्न पेट्रोल बम प्रहार गरेपछि गोली चलाइएको जानकारी दिनुभएको छ ।
यसअघि सोमबार दिनभर एमाले सभा बिथोल्न सहभागी मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच पटक पटक भीडन्त भएको थियो । राजविराजस्थित औद्योगिक क्षेत्रमा जारी एमाले सभा गोली काण्डपछि बिथोलिएको थियो ।
राजविराज गोली काण्डपछि सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रहरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरुलाई सप्तरीको बरमझियास्थित सशस्त्र प्रहरी बलको गणमा राखेको बताइएको छ ।

मोर्चाको आकस्मिक बैठक

Morcha

यसैबीच राजविराज गोली काण्ड लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आपतकालीन बैठक काठमाडौंमा बस्दैछ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मोर्चाको आपतकालीन बैठक संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा जारी रहेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिनुभएको छ ।
मोर्चाले राजविराज गोली काण्डको समीक्षा, सरकारलाई दिइएको समर्थन फिर्ता र आन्दोलन चर्काउने बारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।
गोली काण्डमा गम्भीर घाइते भएका आठ जना प्रदर्शनकारीलाई नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको मोर्चा निकट स्रोतले जनाएको छ ।
गोली लागेका मध्ये तीन जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बताइएको छ । मोर्चाले प्रहरीको गोली लागेर २० जना भन्दा बढी घाइते भएको बताए पनि प्रहरी प्रशासनले भने यस बारे केही जनाएको छैन । प्रहरीले सशस्त्र र नेपाल प्रहरीका दुई दर्जन बढी घाइते भएको जानकारी दिएको छ ।

एमाले अभियान तीन दिनलाई स्थगित

uml-04032017125544-1000x0

यसैबीच राजविराज गोली काण्डपछि एमालेविरुद्ध मधेसी मोर्चाको आक्रोश बढ्ने विश्लेषण गर्दै एमालेले थालेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी गणभित्र उच्च सुरक्षा पहरा लिएर बसेको एमालेको आकस्मिक बैठकले अयिभान स्थगन गर्ने निर्णय गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...