प्रहरीको गोलीबाट सप्तरीमा दुई जना प्रदर्शनकारी मारिए - Naya Online

प्रहरीको गोलीबाट सप्तरीमा दुई जना प्रदर्शनकारी मारिए

मधेसी मोर्चाले एमाले सभा विथोलेको आरोप

काठमाडौं, फागुन २३ ।
सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । नेकपा एमालेको जारी मेची–महाकाली अभियानको सुरक्षार्थ खटिएको प्रहरीले आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्तामाथि गोली प्रहार गदा १८ वर्षीय सन्जन मेहताको मृत्यु भएको हो ।  Rajbiraj-1प्रहरीको गोली लागेर गम्भीर घाइते भएका मलेठ–२ का मेहताको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको नाम खुल्न बाँकी रहेको बताइएको छ ।  प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थप दुई जनाको स्थिति गम्भीर रहेको मधेसी बताइएको छ । तर, सुरक्षा प्रशासनले भने घटनाबारे आधिारिक जानकारी दिन मानेको छैन ।
मोर्चाले एमाले र अध्यक्ष केपी ओली मधेस विरोधी भएको भन्दै मधेसमा अभियान गर्न नदिने घोषणा गरेको थियो । मोर्चाको चेतावनीविरुद्ध एमाले अभियान सञ्चालन हुने भएपछि मोर्चा कार्यकर्ताले प्रतिवाद गरेका थिए ।
प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएलगत्तै एमाले सभा बिथोलिएको थियो । प्रहरीले एमाले अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेता टोलीलाई राजविराजबाट भगाएर पूर्व–पश्चिम राजमार्गको रूपनी पुर्याएको थियो । Rajbiraj-UML-7
राजविराजस्थित औद्योगिक क्षेत्रभित्र आयोजित एमाले सभामा अध्यक्ष केपी ओलीले  सम्बोधन गरिरहँदा मोर्चाका कार्यकर्ताले घेराबन्दीको प्रयास गरेका थिए । एमालेको सभा चलिरहँदा मोर्चाको कार्यकर्ताले सभास्थल घेराउ गरेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका थिए ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा मोर्चाका कार्यकर्ताले ठाउँ–ठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच लखेटालखेट भएको थियो । प्रहरीले सोमबार दिउँसोभर सप्तरीका विभिन्न गाउँहरुबाट विरोधमा उत्रिएका मधेसी कार्यकर्तालाई खेतखेतमा रोकेर राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...