स्थानीय तह निर्वाचनमा महिलालाई विजयी गराउन जोड - Naya Online

स्थानीय तह निर्वाचनमा महिलालाई विजयी गराउन जोड

बिर्तामोड, २३ फागुन ।
आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको हकअधिकार सुनिश्चितताका लागि महिला उम्मेद्वारलाई विजयी गराउनुपर्नेमा सांसद तथा झापाका सबै पार्टीका महिला नेतृहरुले जोड दिएका छन् ।  Fagun 23 , 2073
संवाद समूहको सचिवालयको संयोजनमा सोमबार झापाको बिर्तामोडमा भएको छलफलका सहभागी सांसद तथा महिला नेतृहरुले संवैधानिक व्यवस्था बमोजिम महिला अधिकार स्थापित गर्न स्थानीय तहबाटै जनप्रतिनिधिको रूपमा महिलालाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका हुन् ।
मातृ पार्टीहरुले महिलालाई  उचित स्थान नदिए तथा विजयी गराउन इमान्दार नदेखिए सबै महिला एकजुट भई पार्टीभन्दा माथि उठेर योग्य महिला उम्मेद्वारलाई जनप्रतिनिधि बनाएरै छाड्ने सहभागीहरुको भनाइ थियो ।
सहभागी महिला नेतृहरुले मुख्य पदहरुको ५० प्रतिशत र समग्र जनप्रतिनिधि संख्याको ५० प्रतिशत उम्मेद्वार महिलालाई बनाउनुपर्ने समेत धारणा राखेका हुन् ।
पछिल्लो समय खर्चिलो बन्दै गएको निर्वाचन र खर्च गर्ने अधिकार महिलामा कम भएको अवस्थाले निर्वाचन प्रभावित हुन नहुने तथा निर्वाचन प्रचार तडकभडकरहीत हुनुपर्ने समेत उनीहरुले बताए ।
‘स्थानीय तहको निर्वाचन ः महिला नेतृत्वको भूमिका र प्रतिनिधित्व’ विषयक छलफलमा सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाई, नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुशीला ढकाल आचार्य, कांग्रेस नेतृ उमा शिवाकोटी, अखिल नेपाल महिला संघकी अध्यक्ष जसमाया गजमेर, नेकपा माओवादी केन्द्रकी नेतृ लक्ष्मी न्यौपाने सरु, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष राधा कार्की, महिला शक्ति महासंघकी अध्यक्ष पनिता ढकालले राजनीतिक पार्टीहरुले महिला सहभागिता सुनिश्चितताका प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने बताए ।
त्यस्तै फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य उषा राजवंशी, संघीय समाजवादी फोरम नेपालकी नेतृ संगीता रौनियार, सद्भावना पार्टीकी केन्द्रीय सदस्य द्रौपदी गणेशले मधेशी जनताको भावना अनुसार संविधान संशोधन गरी निर्वाचनमा जानुपर्ने र सबै पार्टीका महिला आफ्नो अधिकार स्थापित गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले निर्वाचनका बखत नियुक्त गरिने म्यादी प्रहरीमा ५० प्रतिशत महिला हुनुपर्ने समेत माग गरेका हुन् ।
वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नेपाल उद्यमशील महिला महासंघकी जिल्ला अध्यक्ष पार्वता खरेल विमली, अन्तरपार्टी महिला सञ्जाल कनकाईकी अध्यक्ष सीता बस्नेत लगायतले पार्टीभन्दा माथि उठेर महिलाका अधिकार स्थापित गर्न सचेत भई एकजुट हुनुपर्नेमा जोड दिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...