काठमाडौं, २२ फागुन ।
संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले पाँच बुँदे माग राख्दै सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सक्रियताका साथ सहयोग गर्न आग्रह गरेको छ ।
गठबन्धनका प्रवक्ता डा. ओम गुरुङबाट आइतबार जारी प्रेस विज्ञप्तिमा महासंघको आन्दोलनमा गठबन्धनको सहयोग हुने उल्लेख छ । गठबन्धनले विज्ञप्तिमार्फत तराई मधेसमा जारी पहिचान र संघीयता विरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु लगायत समुदायसँग अपिल समेत गरेको छ ।
गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।