अधिकारका लागि मंगोल एकता - Naya Online

अधिकारका लागि मंगोल एकता

दमक, २१ फागुन ।

आफ्नो हक अधिकारका लागि नेपालका मुलवासी मंगोलहरु एक हुनुपर्नेमा मंगोल नेशनल अर्गानाइजेशनका शीर्ष नेताहरुले जोड दिएका छन् ।  17155551_1578820238813769_8362747601787127679_n
शनिबार झापाको दमकमा  आयोजित १२ औं झापा जिल्ला अधिवेशनमा बोल्दै सम्बद्ध नेताहरुले  यस्तो बताएका हुन् । अधिवेशनलाई सम्बोधन गर्दै अर्गानाइजेशनका कार्यबाहक अध्यक्ष बुद्धलाल मेचेले अहिन्दु मुलवासी मंगोलहरुको भूमिमा खस आर्यले खोसेको आरोप लगाउनुभयो । मेचेले भन्नुभयो –‘हामी मंगोल जातिहरुलाई हाम्रै भूमिमा शोषण र दमन गरिएको छ ।’
कार्यक्रममा केन्द्रका शीर्ष नेताहरु शान्तिलाल धिमाल, शक्ति चाम्लिङ, दिलिप धिमाल, वीरलाल वालाल, दिनेश बान्तवा लगायतले मंगोल एकताले मात्रै नेपालमा वास्तविक उत्पीडनको अन्त्य हुने बताएका थिए ।
अर्गानाईजेशनका झापा जिल्ला अध्यक्ष श्याम लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा अगानाईजेशनमा विशेष योगदान दिने छ जनालाई कदरपत्र प्रदान गरिएको थियो ।
अधिवेशनको बन्दसत्रबाट पुनः श्याम लिम्बूको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन भएको बताइको छ । कार्यक्रममा मंगोल जातिलाई सचेत गर्ने खालका नृत्य, गीत, कविता समेत प्रस्तुत गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...