अग्नि पीडितलाई राहत - Naya Online

अग्नि पीडितलाई राहत

राजकुमार याक्खा
संखुवासभा, २१ फागुन ।
संखुवासभाको मादी मुलखर्कका अग्नि पीडितलाई बेलायतवासी संखुवासभा समाज बेलायतले राहत रकम उपलब्ध गराएको छ ।  Rahat
शुक्रबार चैनपुरस्थित कन्चन्जङघा होटलमा समाजका वरिस्ठ उपाध्यक्ष बसुन्धरा याक्खाले समाजका तर्फबाट अग्नि पीडित राहत संकलन तथा पूनर्निर्माण सहयोग समिति मूलखर्क बजारका सचिब दुर्गाप्रसाद निरौला लाई राहत वापत दुई लाख ४८ हजार नौ सय ७५ रूपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखा प्रमुख टिकाराम साही र नेपाल रेडक्रस सोसाइटी मादी मुलखर्क उपशाखा प्रमुख बद्रीप्रसाद दाहाल, संखुवासभा समाज बेलायतका संरक्षक खगेन्द्र याक्खा, कविराज याक्खा, सिता राई, सगेन्द्र याक्खा र पत्रकार राजकुमार याक्खा लगायतको सहभागिता रहेको थियो ।
गत २०७३ साल कार्तिक १५ गते राति मादी नगरपालिका ३ स्थित मूलखर्क बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका थिए ।
सन् २००७ मा सेवा भावले स्थापित बेलायतवासी संखुवासभालीहरुको संस्था संखुवासभा समाज बेलायतले विपत्तिमा परेका जो कोहीलाई पनि सकेसम्म उद्वार गर्ने संस्थाकी वरिष्ठ उपाध्यक्ष याक्खाले बताउनु भयो ।
यस अघि पनि मनिस खालिङ बचाउ अभियान, फच्याङ पहिरो पीडित, विभिन्न स्कूल र टोलहरुमा राहत र सहयोग रकमहरू उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...