आदिवासी जनजाति एकतामा जोड - Naya Online

आदिवासी जनजाति एकतामा जोड

दमक, १५ फागुन ।
आदिवासी जनजाति विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई उपयोग गर्दै आफ्ना हक अधिकार स्थापित गर्न लाग्नुपर्ने आइतबार दमक बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । AAdiwashi (2)नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस समन्वय परिषद्ले आयोजना गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र आदिवासी जनजातिका सवाल विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले स्ववियुको माध्यमबाट जातीय अधिकार स्थापित गरिनुपर्ने बताएका थिए ।
महासंघका संस्थापक झापा जिल्ला सचिव कमन देवानले स्ववियु विद्यार्थी वर्गको हकहितका लागि गठन भएको संस्था भएकाले आदिवासी जनजाति र उत्पीडित समुदायका विद्यार्थीहरुको पक्षमा परिणाम ल्याउन विद्यार्थीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ‘हामी राज्यबाट विभेदित छौं, त्यसैले हाम्रो लडाइँ राज्यसँग हो । उत्पीडित विद्यार्थीहरु एक जुट भएर स्ववियु निर्वाचनलाई उपयोग गरेर विभेद् विरुद्धको आन्दोलन जित्न जरुरी छ’, देवानले भन्नुभयो ।
कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईले आफ्नो संगठनले दमक क्याम्पसमा उत्पीडित विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कुलबहादुर बस्नेत ‘रवि’ नेतृत्वको समावेशी प्यानल घोषणा गरेर चुनावमा सहभागी भएकाले जित निश्चित भएको दावी गर्नुभयो ।
आदिवासी जनजाति महासंघ झापाका सदस्य रविन गुरुङले आदिवासी जनजाति विद्यार्थीहरु जुन सुकै संगठनबाट निर्वाचनमा उम्मेद्वार भए पनि उनीहरुलाई जिताउन आदिवासी जनजाति विद्यार्थीहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष अभिषेक माबो, किरात राई विद्यार्थी संघका केन्द्रीय सचिव सुसन राईलगायतले आदिवासी जनजाति एकता बारे बोल्नुभएको थियो । महासंघका अध्यक्ष विशेष मुकारुङ राईको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा स्ववियु निर्वाचनका सचिवका एक मात्र छात्रा प्रत्यासी पूजा माखिम, सञ्जय राई, कोषाध्यक्षका प्रत्यासी सुनिल धिमाल (पाइप), प्रत्यक्ष सदस्यका प्रत्यासीहरु धनु राई, मिलन राई, विशेष मुकारुङ राई, हरिकुमार सोराली मगर, जनम राई, मुकेश राजवंशी, मिलन तामाङ सहभागी थिए ।
दमक बहुमुखी क्याम्पसमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राप्रविसंघ र संघीय विद्यार्थी युनियनसँग संयुक्त प्यानल निर्माण गरेर स्ववियु निर्वाचनमा भाग लिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...