स्थानीय चुनाव असम्भवः यादव - Naya Online

स्थानीय चुनाव असम्भवः यादव

विर्तामोड, १५ फागुन । yadav 3सरकारले घोषणाको रहर पूरा गर्न मात्रै तोकेको स्थानीय तहको निर्वाचन नहुने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।
आइतबार झापाको विर्तामोडमा संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्राविधिक रूपमै असम्भव चुनाव घोषणा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रहर मात्रै पूरा गरेको बताउनुभयो ।
संघीय गठबन्धनको संयोजक समेत रहनुभएका यादवले भन्नुभयो –‘संघीय संसद्, प्रदेश संसद् निर्वाचन सकेर मात्रै स्थानीय तहको निर्वाचन सम्भव छ । संरचना नै नबनेको स्थानीय तह निर्वाचन बक्बास हो ।’
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब प्रचण्ड सरकार केही दिनमै ढल्ने भन्दै यादवले भन्नुभयो –‘हामीले मधेसी मोर्चाका तर्फबाट सरकारलाई दिइएको समर्थान फिर्ता लिइसक्यौं, अब प्रकृया अघि बढाउंछौ ।’
चुनावमा हार हुने डरले चुनाव बहिस्कार गर्न लागेको हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा यादवले भन्नुभयो –‘चुनावमा हार जित हुन्छ । जित्नेले जनभावनाको सम्मन गरेर सत्ता चलाउने हो । तर, अहिले घोषणा गरिएको चुनावको औचित्य नै छैन । त्यसैले औचित्यहिन चुनाव बारे धेरै नबोलौं ।’
यादवले प्रदेश सरकार बनेपछि उसैले आफ्नो जिम्मेवारी अनुसार स्थानीय तहको संरचना निर्माण गरेर चुनाव गराउने जिकिर गर्नुभयो । उहाँले संविधान संशोधनका माध्यमबाट संविधानका त्रुटि सच्याउन सरकार इमानदार नभएको आरोप लागाउनुभयो ।
राज्यको सबै भन्दा जिम्मेवार र संवेदनशील अङ्ग न्यायपालिकामा राजनीतिक व्यक्तित्वहरुलाई न्यायाधीश नियुक्ति गर्ने, कुटनीतिक नियोगका लागि अयोग्य व्यक्तिहरुलाई राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको लगायतका गतिविधिले वर्तमान सरकार आफैले सत्तामा बसिरहने नैतिकता गुमाएको यादवको आरोप थियो ।
पत्रकार सम्मेलनमा यादवसहित ससफो नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङ, लिम्बुवान प्रदेश अध्यक्ष आरसी तुम्बा, उपाध्यक्षहरु देवेन्द्र राई र विश्वदीप लिङ्देनलगायत सहभागी हुनुहुन्थ्यो । संघीय प्रेस फोरम झापाका अध्यक्ष देशराज नेम्बाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संगठनका उपमहासचिव कमन देवानले सहजीकरण गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...