इलाममा छुट्टै महासंघ गठन - Naya Online

इलाममा छुट्टै महासंघ गठन

चेतन आङथुपो

इलाम । ७ फागुन ।
नेपाल पत्रकार महासंघ इलाम शाखामा समानन्तर समिति गठन हुने भएको छ ।
शाखाको दशौं अधिवेशनले नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम नेपालको संयुक्त शाखा समिति घोषणा गरेको छ भने प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले भने आइतबार मात्रै समिति गठन गर्ने जनाएका छन् ।  fnj-ilam
प्रेस युनियन र संघीय प्रेस आबद्ध समूहले नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्षमा युवराज भट्टराई ‘विप्लव’लाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा गणेश घिमिरे र बन्दना राई, सचिवमा टीका खतिवडा, सहसचिवमा दिनेश सुवेदी, वेदमाया मुखिया (सोनु) र कोषाध्यक्षमा प्रेम अधिकारीलाई चयन गरेको हो । महिला सदस्यमा सुजता सुनुवार र जनजाति सदस्यमा सुप्रिया श्रेष्ठ रहेका छन् ।
यसैगरि सदस्यमा सोमनाथ सुसेली, विजयशेखर भट्टराई, तोयानाथ भट्टराई, प्रभाकर प्रधान, सुदिप श्रेष्ठ र ठोमनाथ तिम्सिनालाई चयन गरिएको छ ।
केन्द्रीय पार्षंदहरुमा सुवास गुरागाई, धर्मराज शर्मा (धड्कन), कुवेर निरौला, दिपकराज शर्मा, हरिप्रसाद लुइटेल, होम ढकाल, लोकेन थेवे, मौषम बस्नेत, ठाकुर नेपाल, जीवन शर्मा, युवराज गौतम, उर्मिला सुवेदी, राम योङहाङ, माधव घिमिरेलाई चयन गरिएको छ ।
प्रदेश पार्षदमा गगन घिमिरे, देवीप्रसाद अधिकारी, कृष्णकला खतिवडा, गोविन्द पौडेल, गोविन्द मिश्र, सविता पाण्डे, रेश्मा अधिकारी, टंक खनाल, सरस्वती लिम्बु, नुतन रञ्जितकार, रञ्जन घिमिरे (राजु), दुर्गाभवानी पोख्रेल, सुवास भट्टराई, सरोज कटुवाल, राजिव न्यौपाने, सरोज खतिवडा, कमला थापा र मिना खतिवडा रहेका छन् ।
तर चौतारी र प्रेस सेन्टरले भने आइतबार मात्रै समिति चयन कार्यक्रम गर्ने जनाएको छ । यसअघि युनियन र संघीय प्रेसले दुई दिनअघि शाखा कार्यालयमा तालाबन्दी गरेका थिए । दुई पक्षबीच वार्ता नमिलेपछि अलगै समिति गठन गरिएको संघीय प्रेस फोरम इलामका अध्यक्ष ज्ञानु केदेमले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...