पत्रकार महासंघ झापा शाखा निर्वाचन सर्यो - Naya Online

पत्रकार महासंघ झापा शाखा निर्वाचन सर्यो

  • फागुन ९ निर्वाचन हुने

दमक, फागुन ७ ।

नेपाल पत्रकार महासंघ झापा शाखाको १२औं जिल्ला अधिवेशन तथा निर्वाचन दुई दिन पछि सरेको छ ।

काठमाडौंस्थित महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियनले सदस्यता लगायतका विषयमा असन्तुष्टि राख्दै केही दिनयता तालाबान्दी गरेकाले शुक्रबारमात्र सहमति हुँदा निर्वाचन कार्यतालिका सरेको नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले जानकारी दिनुभयो । शुक्रबार महासंघ र युनियनका वार्ता टोलीबीच दुई वुँदे सहमति गरी महासंघको जारी अधिवेशन सम्पन्न गर्ने बारे सहमति भएको युनियन अध्यक्ष वद्री सिग्देलले स्पष्ट पार्नुभयो । yekraj giri
महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि जिल्लागत सदस्यता विवरण, निर्वाचनमा खटिने केन्द्रीय प्रतिनिधि तोक्ने लगायतका विषयमा अन्याृलता छाएको थियो । झापामा बिगत दुई दिनदेखि मनोनयन दर्ता कार्य हुने भनिए पनि महासंघको केन्द्रको विवादका कारण सम्पन्न हुन सकेन ।
यसैबीच महासंघ झापाले शुक्रबार सूचना जारी गरेर फागुन ७ गते शनिबार हुने भनिएको अधिवेशन र निर्वाचन सारेर फागुन ९ गते सोमबार बिहान ८ बजेबाट गर्ने तय गरेको छ । चारपानेस्थित टाइमस्क्वायर पार्टी प्यालेसमा हुने १२औं अधिवेशन र निर्वाचनका लागि तयारी थालिएको महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले जानकारी दिनुभयो ।
झापा शाखामा महासंघको आगामी कार्यकालका लागि कार्य 16830221_931410630294833_552726390_nसमितितर्फ  सात पदाधिकारी, खुल्लातर्फ आठ जना कार्य समिति सदस्य र आदिवासी जनजाति, मधेसी, महिला र दलित कोटातर्फ गरी चार जना जम्मा १९ पदका लागि निर्वाचन हुने छ ।
त्यस्तै प्रदेश पार्षदका लागि ३५ जनालाई अधिवेशनले निर्वाचित गर्ने छ भने सात महिलासहित २७ जना केन्द्रीय पार्षदका लागि निर्वाचन हुने छ । झापामा कूल मत संख्या दुई सय ७७ रहेका छन् भने विभिन्न पदका लागि ८१ जना चुनिने छन् ।
हालसम्म स्वतन्त्रसहित विभिन्न १० वटा संगठनहरुबीच कार्यगत एकता गरेर व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल र प्रेस चौतारीले एकल प्यानलमार्फत सबै पदहरुमा उम्मेद्वारी दिने आधिकारिक घोषणा गरेका छन् ।  समावेशी प्यानलतर्फबाट तारामणि सापकोटाको नेतृत्वमा उम्मेद्वारी घोषणा भएको हो भने चौतारीतर्फबाट गोपाल काफ्लेको नेतृत्वमा उम्मेद्वारी घोषणा गरिएको हो ।
त्यस्तै स्वतन्त्रतर्फबाट पत्रकार विष्णु पौडेलले सचिव पदमा उम्मेद्वारी दिने जानकारीमा आएको छ भने समावेशी कोषाध्यक्षमा सचितानन्द सुब्बा र कोषाध्यक्षमा अनिल ढुङ्गानाको उम्मेदवारी आउने चर्चा छ । यद्यपि, मनोनयन दर्ता सुरु नएकाले कुन कुन पदमा कति जनाले उम्मेद्वारी दिने भन्ने बारे यकिन भइसकेको छैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...