स्ववियु निर्वाचन रोक्न झापामा आन्दोलन विस्तार हुँदै - Naya Online

स्ववियु निर्वाचन रोक्न झापामा आन्दोलन विस्तार हुँदै

  • ठूला तीन दल पेलेरै निर्वाचन गर्ने तयारीमा
    चेतन आङथुपो
    दमक, फागुन ४ ।
    प्रमुख तीन ठूला राजनीतिक दलका शीर्ष नेताबीच पेलेरै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने सहमति बनेको केही समय नबित्दै झापाका विभिन्न छ वटा क्याम्पसहरुमा आन्दोलनरत विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन कार्यातालिका प्रभावित हुनेगरी तालाबन्दी गरेका छन् । FSU-12022017103812-1000x0बुधबार झापाको मेची बहुमुखी क्याम्पस, काँकडभिट्टास्थित काँकडभिट्टा बहुमुखी क्याम्पस, धुलाबारी बहुमुखी क्याम्पस, भद्रपुरको मेची बहुमुखी क्याम्पस, चारआलीको त्रीदेव बहुमुखी क्याम्पस, बिर्तामोडको कनकाई आदर्श आवाशीय क्याम्पस र देवी क्याम्पसमा संघीय विद्यार्थी गठबन्धनले तालाबन्दी गरेको हो ।
    पूर्ण स्ववियु निर्वाचन प्रणाली लगायत विभिन्न माग गर्दै केही समययता आन्दोलनरत विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयले आफ्ना माग पूरा गर्न बेवास्था गरेको भन्दै स्ववियु निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढेका क्याम्पसहरुमा तालाबन्दी गरेको समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सदस्य योबाहाङ तुम्बाहाम्फेले जानकारी दिनुभयो ।
    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताबीचको बैठकले स्ववियु निर्वाचन पेलेर गर्ने निर्णय गरेको बारे विभिन्न सञ्चार माध्यमहरुबाट समाचार सार्वजनिक भएपछि आन्दोलनरत विद्यार्थी संगठनहरुले तालाबन्दी कार्यलाई तीव्रता दिएको बताइएको छ । यसअघि दमक बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । bigyapti111तीन दलका शीर्ष नेताबीच स्ववियु निर्वाचनबारे सहमति भएलगत्तै दमक क्याम्पसमा लगाइएको ताला फोडिएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गरेर विरोध गरेको छ । उनीहरुले शान्तिपूर्ण विद्यार्थी आन्दोलनलाई उत्तेजित नपार्न आग्रह गरेका छन् ।
    बुधबारदेखि लिम्बुवान जन्य दुई विद्यार्थी संगठन, समाजवादी विद्यार्थी फोरम, जनमुक्ति निकट नेपाल विद्यार्थी मोर्चा, किरात राई विद्यार्थी संघ र लिम्बू विद्यार्थी मञ्चले संयुक्त आन्दोलन थालेको मञ्चका उपाध्यक्ष अभिषेक माबोले जानकारी दिनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...