संशोधन बिना संविधान कार्यान्वयन असम्भव : यादव - Naya Online

संशोधन बिना संविधान कार्यान्वयन असम्भव : यादव

इटहरी, फागुन ३ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पास नभएसम्म संविधान कार्यान्वयनको सम्भावना नरहेको बताउनुभएको छ । 16640558_1598293550185573_909941680158021920_n
संविधानको विभिन्न एक सय ८० ओटा धाराहरु संशोधन गर्न आवश्यक रहेको भन्दै अध्यक्ष यादवले संशोधनका माध्यमबाट मात्रै संविधान कार्यान्वयन सम्भव हुने बताउनुभएको हो ।
संघीय प्रेस फोरम नेपालले सोमबार सुनसरीको इटहरीमा गरेको ‘संयुक्त प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम’मा बोल्दै उहाँले आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित समुदायका माग सम्बोधनको विकल्प नरहेको जिकिर गर्नुभयो ।
यादवले मुलुकमा भ्रष्टाचार र माफियातन्त्रका नाइकेहरुले कब्जा जमाइरहेको आरोप लगाउँदै तिनलाई परास्त गर्न उत्पीडित समुदायको अधिकार र न्यायको पक्षमा मिसन पत्रकारिता गर्न आग्रहसकेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै ससफो सचिव परशुराम बस्नेतले विगतमा राज्यले आदिवासी जनजाति, मधेसी, खसलगायत समुदायसँग गरेको सम्झौता र सहमतिहरु कार्यान्वयन नगरेकाले नै उत्पीडित समुदायले आन्दोलन गरेको स्पष्ट पार्नुभयो ।
ससफोका अर्का सचिव अजम्बर राई काङमाङले उत्पीडितहरुको एकताबाट मात्रै मुक्ति सम्भव हुने दावी गर्नुभयो । मधेसी जनताको राष्ट्रियतामाथि अनर्गल प्रचार गर्नेका विरुद्ध संघीय प्रेस फोरमका पत्रकारहरुले कलमी संघर्ष थाल्नुपर्ने राईको भनाइ थियो ।
पार्टीका केन्द्रीय सदस्य तथा संघीय प्रेस फोरमका इन्चार्ज ध्यानबहादुर राईले पहिचान, परिवर्तन र उत्पीडित समुदायको अधिकारविरुद्ध प्रायोजित रुपमा भ्रम पैmलाइएको जिकिर गर्नुभयो ।
संघीय प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्यालले नेपाल पत्रकार महासंघको निर्वाचनका लागि रणनीति र कार्ययोजना बनाएर अघि बढ्नका लागि प्रदेश स्तरीय भेला आयोजना गरिएको जानकारी दिनुभयो ।
इटहरी–१ स्थित हिरा होटलमा आयोजित भेलामा लिम्बुवान, किरात र मधेस प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी भएका थिए ।
भेलाले महासंघको निर्वाचनमा समन्वय गर्न केन्द्रका साथै तीनओटै प्रदेशमा प्रदेश स्तरीय समन्वय समिति समेत गठन गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...